प्रदेश सात सरकारका सय दिनः समस्यै समस्याको चाङमा बित्यो

प्रदेश सात सरकारका सय दिनः समस्यै समस्याको चाङमा बित्यो

धनगढीः प्रदेश नम्बर ७ कामुख्यमन्त्री त्रिलोचन भट्टले सरकारका सय दिनको समिक्षा गर्दै अहिलेसम्म समस्यै समस्यामा गुज्रेको बताएका छन् । 

मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयमा आयोजना गरिएको पत्रकार सम्मेलनमा मुख्यमन्त्री भट्टले प्रदेश सरकार अहिले पनि कर्मचारी, कानुन र पुर्वाधारको अभावसँग जुधिरहेको बताए ।

उनले काुननै नभए पनि जनताका गुनासा सुन्नका लागि हेलो सिएम कार्यक्रम सुरु गरेको, फोहरमैला व्यवस्थापन गरेको, ट्राफिक नियमन गरेको, अस्पताल र औषधिनियमन गरेको, विपदका घटना र त्यसको क्षतिको विवरण संकलन गरेको, मुख्यन्यायाधीवक्ताको चयन गरेको र प्रदेश पदाधीकारी तथा प्रदेश सभाका पदाधीकारीहरुको सुविधासम्बन्धी व्यवस्था आफ्नो सय दिनको उपलब्धी भएको बताए ।

सरकारका सय दिनमा तीनवटा विधेयकपारित भएको, दुई वटा विचाराधीन रहेको र पाँच वटाका लागि सैद्धान्तीक सहमति दिई सकेको पनि पत्रकार सम्मेलनमा जानकारी दिइयो । 

सरकारका सय दिनको उपलब्धीबारे प्रदेश सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाश शाहले सरकारले स्वीकृत गरेको दरबन्दीमा अझै १०२ जना कर्मचारी खटाई नदिएको बताए । उनले खटाएका कर्मचारीमध्ये पनि अझै २१ जना नआएको बताए ।

सरकारको सय दिनमा गरिएको कामहरु भन्दा पनि मन्त्रीशाहले सवारी साधन अभाव रहेको, प्रदेश मन्त्रालयअन्तर्गत अरु कार्यालयहरु आइनसकेकाले समस्या भएको, प्रदेश सरकारको योजना तर्जुमा प्रकृया तय भई नसकेको, राजश्वको स्रोतको संकलनमा अन्तरतह समन्वय आवश्यक रहेको भन्दै समस्या नै समस्या प्रस्तुत गरे । प्रदेश सरकारका मुख्यमन्त्री र मन्त्रीहरुले फागुन ६ गते सपथ खाएका थिए । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.