जीप दुर्घटनामा तीनजनाको मृत्यु, सात घाइते
डडेलधुरा : डडेलधुरा जिल्लाको गन्यापधुरा गाउँपालिकास्थित केआइ सिंह राजमार्गमा जीप दुर्घटना हुँदा तीन जनाको घटना स्थलमै मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक चक्रराज जोशीका अनुसार सिलगढीबाट धनगढीका लागि छुटेको से१ज ३३० नम्बरको जीप दुर्घटना हुँदा जिप धनी विनोदकुमार रावलसहित तीनजनाको मृत्यु भएको हो।
अन्य मृतकको सनाखत हुन बाँकी रहेको प्रहरी नायव उपरीक्षक जोशीले बताए। दुर्घटनामा ७ जना घाइते भएका छन्।
प्रतिक्रिया दिनुहोस !