सुर्खेतबाट दुर्गममा पुनः हवाई सेवा सुरु

सुर्खेतबाट दुर्गममा पुनः हवाई सेवा सुरु

वीरेन्द्रनगरः  प्रदेश राजधानी सुर्खेतबाट कर्णालीका दुर्गम जिल्लामा पुनः नियमित उडान  सुरु हुने भएको छ ।  प्रदेश सरकारको पहलमा सुर्खेतबाट दुर्गम जिल्लामा नियमित हवाई सेवा सञ्चालनमा आउने भएको हो ।

चार्टर विमानमात्रै सञ्चालन हुँदा बिरामी हुँदासमेत सुर्खेतको आउनुको साटो नेपालगन्ज जानुपर्ने बाध्यताबाट कर्णालीका नागरिकले उन्मुक्ति पाउने भएको छन् । जुम्ला, हुम्ला, मुगु र डोल्पा जिल्लामा सीता एयरले प्रदेश राजधानी वीरेन्द्रनगरबाट हवाई सेवा सुरु गर्ने प्रतिबद्धता जनाएको छ।

मंगलबार मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पहलमा भएको छलफलमा विमान कम्पनीले कर्णालीका जिल्लामा नियमित यात्रु बोक्ने प्रतिबद्धता गरेको हो । सीता एयरले असार १५ देखि प्रदेश राजधानी सुर्खेतवाट हवाई सेवा सुरु गर्ने जनाएको छ ।

छलफलपछि उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका उपसचिव वेसिन्दराज सुवेदी र सीता एअर प्रालिका वरिष्ठ महाप्रवन्धक घनश्याम आचार्यले हवाई सेवा सञ्चालन सम्बन्धी प्रतिबद्धता पत्रमा हस्ताक्षर गरेका छन् ।

प्रतिबद्धता पत्र हस्ताक्षरमा मुख्यमन्त्री महेन्द्रवहादुर शाही, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह वुढा र सीता एअरका प्रवन्ध निर्देशक राजेन्द्रबहादुर सिंह, प्रमुख बजार व्यवस्थापक रिजेश थापा उपस्थिति रहेको थियो ।

प्रतिबद्धता अनुसार कर्णाली प्रदेशमा पर्यटन र हवाई यातायात सेवाको अभिवृद्धि गर्न प्रदेश राजधानीवाट जिल्ला सदरमुकाममा रहेका विमानस्थलमा डोर्निएर २२८ को जहाजबाट उडान गर्ने उल्लेख गरिएको छ । यस अघि सीता एअरले नेपालगन्जवाट हवाई सेवा संचालन गरिरहेको थियो ।

विगत दुई वर्षअघिसम्म सुर्खेतबाट यात्रुका लागि हवाई सेवा सञ्चालित भएपनि हवाईयात्रुको चाप घटेको भन्दै बन्द भएको थियो । चार्टर बिमानले यात्रु बोकेर महङ्गो भाडा अशुल्दै आएका थिए ।

यसअघि कर्णाली प्रदेशका डोल्पा, जुम्ला, मुगु र हुम्ला जिल्लाका नागरिकले हवाई सेवाको प्रयोग गरी सुर्खेत आवागमन गर्दा नेपालगन्जदेखि सुर्खेतसम्म ३ घण्टाको सडक यातायात प्रयोग गर्नुपर्ने अवस्था रहेको थियो ।

प्रदेश राजधानी सुर्खेतबाट सिधै हवाई यातायात सञ्चालन भएपछि दुर्गम जिल्लाका नागरीकलाई नेपालगन्ज पुगेर पुनः सुर्खेत आउनुपर्ने समस्यावाट राहत मिल्ने भएको छ ।

प्रदेश राजधानी सुर्खेतबाट सिधै यात्रा गर्दा भाडादर पनि सस्तो पर्ने सीता एअरका वरिष्ठ महाप्रवन्धक घनश्याम आचार्यले बताए । उनले आगामी दिनमा सुर्खेतबाट कर्णालीमा नियमित उडान भर्ने र आवश्यक परेको खण्डमा कर्णालीमा संख्या बढाउने सक्ने कम्पनीले सोचाई राखेको आचार्यको भनाइ थियो । 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.