बजेटमा पुरानै कार्यक्रम

बजेटमा पुरानै कार्यक्रम

बुटवल :  आगामी वर्षको बजेटमा प्रदेश ५ मा पुरानै कार्यक्रमले निरन्तरता पाएको छ। बजेटमा प्रस्तुत भएका कार्यक्रमको कार्यान्वयन निकै कमजोर देखिएको छ। अर्थमन्त्री युवराज खतिवडाले हरेक प्रदेशमा औद्योगिक क्षेत्र, आर्थिक क्षेत्र र विशेष आर्धिक क्षेत्र निर्माण गर्ने घोषणा गरेका छन्। तर, भैरहवामा निर्माण सम्पन्न भएको आर्थिक क्षेत्र सञ्चालन हुन सकेको छैन। विद्युत् आपूर्ति नहुँदा भैरहवाको विशेष आर्थिक क्षेत्र अलपत्र परेको छ। समयमै सञ्चालन हुन नसक्दा त्यहाँ निर्माण भएका संरचना जीर्ण भएका छन्। ‘नयाँ आर्थिक क्षेत्र निर्माणभन्दा पुरानै योजना सञ्चालनमा सरकारको ध्यान केन्द्रित हुुनुपर्छ’, सिद्धार्थनगर उद्योग वाणिज्य संघका अध्यक्ष कुलप्रसाद न्यौपानेले भने। भैरहवाको विशेष आर्थिक क्षेत्रका लागि विद्युत् व्यवस्थापन गर्न उनले माग गरे।

बजेटमा सिद्धार्थराजमार्गको सिद्धबाबा खण्डमा सुरुङमार्ग निर्माण गर्ने योजना परेको छ। बर्सेनि दर्जनांै यात्रुको ज्यान लिने सडकमा सुरुङ निर्माण गर्न भन्दै यसअघिका दुई वर्षको बजेट भाषणमा समेत रकम विनियोजन गरिएको थियो। तर, अहिलेसम्म काम हुन सकेको छैन। सिद्धबाबाको सडकका लागि प्रदेश सरकारले समेत बजेट छुट्याएको छ। लुम्बिनी गुरुयोजना सम्पन्न गर्ने लक्ष्य पनि बजेटमा छ।

चार दशकमा गुरुयोजनाको ८० प्रतिशत काम भएको छ। नयाँ बजेटमा लुम्बिनीको पुराताŒिवक क्षेत्र उत्खननका लागि पनि बजेट विनियोजन गरिएको छ। लुम्बिनीसँगै तिलौराकोट र रामग्राम उत्खनन हुनुपर्ने पुरातŒवविद्ले माग गर्दै आएका छन्। नेपाल भ्रमण वर्ष–२०२० मनाउने घोषणासँगै लुम्बिनी र आसपासको पर्यटकीय क्षेत्रको विकास हुनुपर्ने माग छ।

बजेटमा बुटवलमा निर्माण हुँदै गरेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र र प्रदर्शनी स्थललाई समेत समेटिएको छ। यो योजना तीन वर्षदेखि चालु अवस्थामा छ। तर, निर्माण निकै सुस्त गतिमा छ। सरकारले अर्घाखाँचीको नौमुरे जलविद्युत् आयोजनाको सम्भाव्यता अध्ययन गरी निर्माण गर्ने बजेटमा उल्लेख छ। नौमुरे दशकौं अघिदेखि बजेट भाषणमा पर्ने तर निर्माण नभएको आयोजना हो। प्रदेश ५ को विद्युत् उत्पादनको महŒवपूर्ण आयोजना नौमुरे नै हो।

बुटवल–गोरखपुर र कोहलपुर–लखनउसम्मको प्रसारण लाइन निर्माण गर्ने योजना पनि बजेटमा छ। यो अन्तरदेशीय प्रसारण आयोजना हो। बजेटमा पाल्पामा मौसम अध्ययनका लागि राडर राख्ने कार्यक्रम पनि परेको छ। पाल्पाको पानुङमैनादीमा राडर राखिएको छ भने त्यसलाई थप व्यवस्थित गर्न बजेट विनियोजन भएको हो।

बजेटमा भैरहवामा निर्माण हुँदै गरेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण सम्पन्न गरी सञ्चालन गर्ने उल्लेख गरिएको छ। नेपालगन्ज विमानस्थललाई क्षेत्रीय विमानस्थलका रूपमा स्तरोन्नति गरी छिमेकी मुलुकमा उडान गर्ने योजनासमेत बजेटमा आएको छ। दाङको विमानस्थललाई वैकल्पिक विमानस्थलका रूपमा विकास गर्ने योजना बजेटमा छ।

कालीगण्डकी–तिनाउ पथान्तरण गरिने र दाङमा बृहत् सिँचाइ कार्यक्रम सञ्चालन गर्न बजेट छुट्ट्याइएको छ। भेरी–बबई डाइभर्सन, सिक्टा र बबई सिँचाइ आयोजना आदिका लागि १० अर्ब बजेट विनियोजन भएको छ। रेलमार्गमा समेत प्रदेश ५ को लुम्बिनी क्षेत्र जोडिएको छ। बाँके, बर्दिया र दाङमा रहेको मुक्त कमैया, कमलरी र हलिया पुनःस्थापना कार्यक्रमका लागि ३ अर्ब ७९ करोड बजेट विनियोजन भएको छ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.