स्वयंसेवक संघमा मुखर्जीको सहभागीताले कांग्रेस-भाजपा विवाद

स्वयंसेवक संघमा मुखर्जीको सहभागीताले कांग्रेस-भाजपा विवाद

 नयाँदिल्ली : भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीले राष्ट्रिय स्वयंसेवक संघको कार्यक्रममा प्रमुख अतिथि बन्ने निम्ता स्वीकार गरेपछि कांग्रेसआईले विरोध गरेको छ ।कांग्रेस नेता सन्दीप दीक्षितले पूर्वराष्ट्रपति प्रणव मुखर्जी साम्प्रदायिक र हिंसावादी संगठन राष्ट्रिय स्वयंसेवक संघको कार्यक्रममा जान नहुने बताएका छन् ।

उनले स्वयंसेवक संघ जस्तो राष्ट्रविरोधी कुनै पनि नभएको बताएका छन् । उक्त संघलाई भारतमा रहन पनि दिन नहुने उनको भनाइ छ । दीक्षितले भने, ‘स्वयंसेवक संघ जस्तो विषालु सर्प आरएसएसको कार्यक्रममा मुखर्जी सहभागी हुनु अचम्म हो । के उनले विचार परिवर्तन गरेका हुन् ? ’ लामो समयसम्म कांग्रेसआई पार्टीको नेता रहेका पूर्वराष्ट्रपति मुखर्जीले ७ जुनमा नागपुरमा आयोजित संघको भावी ‘प्रचारक’लाई राष्ट्रवादको प्रवचन दिनेछन् । उनले नागपुरमा स्वयंसेवक संघका कार्यकर्तालाई सम्बोधन पनि गर्नेछन् ।

 संघको शैक्षिक पाठ्यक्रमको तृतीय शिक्षा समूह उत्तीर्ण गरेका कार्यकर्तालाई उनले सम्बोधन गर्नेछन् । त्यस्ता कार्यकर्ता आजीवन राष्ट्रवादको प्रचारमा खटिने गर्छन् । संघका प्रमुख मोहन भागवतले मुखर्जीलाई राष्ट्रपति हुँदा पनि सम्बोधनका लागि निम्ता दिएका थिए । राष्ट्रपति पदमा रहन्जेल त्यस्ता कार्यक्रममा आफू उपस्थित नहुने उनले बताएका थिए । राष्ट्रपतिको कार्यकाल पूरा गरेपछि मुखर्जीको कांग्रेसआईसँग राजनीतिक सम्बन्ध हुने भएन ।

मुखर्जी राष्ट्रवादका विषयमा छलफल गर्न रुचि राख्छन् । संघले सांस्कृतिक राष्ट्रवादमा जोड दिँदै आएको छ । वर्षौंदेखि स्वयंसेवक संघले प्रस्तुत गर्दै आएको राष्ट्रवाद कांग्रेसआईलाई टाउको दुखाइ बन्दै आएको छ । महात्मा गान्धीको हत्यापछि कांग्रेसआई सरकारले स्वयंसेवक संघलाई प्रतिबन्ध लगाएको थियो । आफूलाई राजनीतिक रूपमा सिध्याउन खोजेपछि संघले जनसंघ भन्ने मोर्चा बनाएको थियो । त्यही जनसंघका नेताले पछि भारतीय जनता पार्टी बनाएका थिए । 

त्यसै विषयलाई जोडेर कांग्रेसआई र उसबाट फुटेका भारतीय कम्युनिस्ट पार्टी लगायले संघलाई राष्ट्रघाती भएको आरोप लगाउने गरेका छन् । यसैगरी समाजवादी पार्टीका नेता अखिलेश यादवले संघको विचारधाराबाट देशलाई जोगाउनुपर्ने बताएका छन् । भाजपाका वरिष्ठ नेता एवं केन्द्रीय मन्त्री नीतीन गडकरीले संघ कुनै पाकिस्तानी संगठन नभएको बताएका छन् । संघको कार्यक्रममा पूर्वराष्ट्रपतिले सम्बोधन गर्ने विषयलाई कांग्रेसआईले अनावश्यक टिप्पणी गरेको उनले बताएका छन् ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.