श्रीनिवास आचार्य कारागार चलान

श्रीनिवास आचार्य कारागार चलान

विराटनगर : आफैंलाई गोली हान्न लगाएको आरोपमा पक्राउ परेका हिन्दु धर्मगुरु श्रीनिवास आचार्यलाई पुर्पक्षको लागि कारागार चलान गरिएको छ। श्रीनिवासलाई मोरङका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले पुर्पक्षको लागि थुनामा राख्ने आदेश दिएका हुन्। आदेशसँगै उनलाई सुनसरीको झुम्कास्थित क्षेत्रीय कारागार चलान गरिएको सहायक प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले जानकारी दिए।

श्रीनिवास आचार्यलाई हात हतियार, खर खजाना ऐन २०१९ को दफा २४ को (क) बमोजिम आदेश दिएको हो। हिन्दु राज्य स्थापनाका लागि आन्दोलन चर्काउन भन्दै गत चैत २५ गते विराटनगरमा आचार्यले आफैलाई गोली हान्न लगाएका थिए। यस्तै, आचार्यलाई गोली हान्ने उनकै अंगरक्षक चितवनको भरतपुर महानगरपालिका बेलचोकका २९ वर्षीय रोशन भन्ने माधव चौधरी र गोली र पेस्तोलको व्यवस्थापन गर्ने नवलपरासीको गैँडाकोट नगरपालिका ५ का ३२ वर्षीय खान र सन्तोष भनिने लक्ष्मीराज अधिकारीलाई समेत कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत मोरङले पूर्पक्षका लागि थुनामा राख्ने आदेश गरेको छ।

जिल्ला न्यायाधिस नवराज दाहालको इजलासले मुलुकी ऐनको अदालती बन्दोबस्तको ११८ को दफा २ अनुसार चौधरी र अधिकारीलाई पूर्पक्षका लागि थुनामा राख्ने आदेश गरेको हो। आचार्यको पक्षमा जिल्ला प्रशासनमा अधिवक्ता उद्धवचन्द्र घिमिरेले बहस गरेका थिए भने चौधरी र अधिकारीको पक्षमा बरिष्ठ अधिवक्ता हेमराज पराजुली, अधिवक्ताद्वय मोहन कोइराला र जनकबहादुर पुरीले बहस गरेका थिए। सरकारको तर्फबाट जिल्ला न्यायधिवक्ता पुण्यप्रसाद पाठकले बहस गरेका थिए।

विराटनगर १४ जतुवास्थित रामजानकी मन्दिरमा पुराण वाचनका लागि आएका आचार्यमाथि चैत २५ गते बिहान पौने दुई बजे शौचालय जाने बेला गोली प्रहार गरिएको थियो। गोली लागि घाइते उनको उपचार विराटनगरस्थित न्यूरो अस्पतालमा गरिएको थियो। २१ दिन उपचार गराएर काठमाडौं गएका उनी थप उपचारका लागि भन्दै भारतको दिल्ली जान लागेको समयमा वैसाख २४ गते पक्राउ परेका थिए। पक्राउ परेका श्रीनिवास आचार्य प्रहरीको हिरासतमै अनसनसमेत बसेका थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.