वेस्टइन्डिजले विश्व ११ लाई दियो २०० रनको चुनौती
काठमाडौँः बेलायतको लर्ड्स स्टेडियममा भएको विश्व ११ विरुद्धको च्यारिटी टी २० म्याचका क्रममा वेस्टइन्डिजले २०० रनको चुनौती दिएको छ ।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको वेस्टइन्डिजले एभिन लेविसको सर्वाधिक ५८ रनको मद्दतमा पुरै अाेभर खेल्दै ११९ रनको गतिलो स्कोर खडा गरेको हो ।
ओपनर लेविसले अफगानी खेलाडी रसिद खानबाट आउट हुनुअघि २६ बलमा ५८ रन बनाएका थिए । उनले ५ चौका र ५ छक्का पनि हाने ।
त्यसैगरी वेस्टइन्डिजका लागि दिनेश रामदिनले ४४ र स्यामुएल्सले ४३ रनको योगदान दिए । आन्द्रे रसेलले २१ र क्रिस गेलले १८ रन मात्रै जोड्न सके।
विश्व ११ का लागि रसिद खानले ४ ओभर बलिङ गर्दै २ विकेट लिए । त्यसैगरी अन्य १–१ विकेट सोयब मल्लिक र साहिद अफ्रिदीको नाममा रह्यो ।
नेपालका लेग स्पिनर सन्दीप लामिछानेले केबल १ ओभर मात्रै बलिङ गर्न पाए । १३ औँ ओभरमा बलिङ गरेका उनले विकेट लिन भने सकेनन् ।