पूर्व-पश्चिम राजमार्गको भालुवाङ-चन्द्रौटा खण्ड: वर्षातसँगै खस्छ पहिरो (फोटो फिचर)
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका–१ चोरखोला क्षेत्रमा पहिरोका कारण वर्षातमा अवरोध हुने गरेको छ । शुक्रबार समेत पहिरोबाट पूर्व–पश्चिम राजमार्गको याे खण्ड साढे ८ घण्टा सडक अवरुद्ध भएको थियो । पूर्वमा कपिलबस्तु र पश्चिम दाङतिर पाँच/पाँच किलोमिटरखण्ड जाम भएको थियो ।