विकासका योजना माग्दै जनप्रतिनिधि

विकासका योजना माग्दै जनप्रतिनिधि

तानसेन  : गाउँपालिकाका जनप्रतिनिधिले प्रदेश सरकारसँग सडकलाई पहिलो प्राथमिकतामा राख्दै बजेट माग गरेका छन् । पाल्पा निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत प्रदेशसभा ख का निर्वाचित सदस्य नारायण आचार्य, मनोनीत प्रदेशसभा सदस्य रमा घर्ती र पुर्मती ढेगाले स्थानीय तहमा जनप्रतिनिधिसँग गरेको योजना संकलनमा मोटरबाटो पहिलो प्राथमिकतामा परेको हो ।

संकलन भएको कुल ३ अर्ब ७४ करोड ४० लाख रुपैयाँको योजनामध्ये जनप्रतिनिधिले २ अर्ब रुपैयाँ सडकका लागि माग गरेका हुन् । पाल्पाको रम्भा, पूर्वखोला, माथागढी, तिनाउ र तानसेन नगरपालिका–८ का स्थानीय जनप्रतिनिधिले सडकका लागी यति धेरै रकम माग गरेका हुन् ।

प्रदेश ५ बाट निर्वाचित जनप्रतिनिधिले आ–आफ्नो निर्वाचन क्षेत्रका जनतासँग विकास निर्माणका योजना तथा कार्यक्रम संकलन क्रममा पहिलो प्राथमिकतामा मोटरबाटो, दोस्रो प्राथमिकतामा खानेपानी र तेस्रोमा विद्युतीकरण तथा भवन निर्माणमा योजना माग गरेका छन् ।

जनप्रतिनिधिले माग गरेका सडक योजनामा एक गाउँपालिकादेखि अर्काे गाउँपालिका जोड्ने सडक, सिद्धार्थ राजमार्ग, अन्तरजिल्ला जोड्ने सडक, कालीगण्डकी करिडोरसँग जोड्ने सडक निर्माण, स्तरोन्नतिदेखि सडक पिचसम्मका योजना छन् ।

पाल्पा क्षेत्र नम्बर १ ख का जनप्रतिनिधिले नयाँ सडक, सडक स्तरोन्नति र पिचका लागि २ अर्ब, खानेपानीका लागि १ अर्ब, विद्युतीकरणका लागि ७ करोड, सिँचाइका लागि ७ करोड, पक्की, मोटरेबल तथा झोलुंगे पुलका लागि १७ करोड, पर्यटकीय प्रवद्र्धन तथा पूर्वाधारका लागि ३ करोड, विभिन्न भवन तथा खेलमैदान निर्माणका लागि २० करोडलगायत योजनामा गाउँ तथा नगरपालिकाका जनप्रतिनिधिले ५ नम्बर प्रदेश सरकारसँग बजेट माग गरेको प्रदेशसभा सदस्य नारायण आचार्यले बताए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.