छुट्टाछुट्टै सवारी दुर्घटनामा सात घाइते

छुट्टाछुट्टै सवारी दुर्घटनामा सात घाइते

बिर्तामोड  :  झापा, मोरङ र सुनसरीमा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा परी सात जना घाइते भएका छन्। आइतबार साँझ झापाको बिर्तामोडमा को २१ प ७२०६ र मे ७ प १७५१ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किदा कमल गाउँपालिका ७ का ४२ वर्षीय शेखरनाथ सेढाइ घाइते भएका हुन्। घाइतेको विएण्डसी अस्पतालमा उपचार भइरहेको छ। दुर्घटनामा संलग्न अर्का मोटरसाइकल चालक फरार रहेकाले खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ। 

यस्तै सुनसरीको कोशी गाउँपालिका ७ पूर्व पश्चिम राजमार्गमा को २ च ८४३ नम्बरको कार दुर्घटना हुँदा चालक घाइते भएका छन्। पूर्वतर्फ आउँदै गरेको सो कार अनियन्त्रित भई सडकबाट करिब ५० मिटर तल खोल्सामा खस्दा मोरङ विराटनगर ३ का चालक अर्जुन बस्नेत घाइते भएका हुन्। उनको स्थानिय अस्पतालमा उपचार भइरहेको छ। 

उता मोरङको ग्रामथान गाउँपालिकामा दुई वटा मोटरसाइकल ठोक्किदा चार जना घाइते भएका छन्। मे ४ प ७३६२ र को ३३ प ८५१० नम्बरको मोटरसाइकल राति ९ बजे ग्रामथान गाउँपालिका २ पिडारबनीमा एक अर्कासँग ठोक्किएको थियो।

घाइते हुनेमा मोरङ कानेपोखरी ७ का ३० वर्षीय धन बहादुर श्रेष्ठ, सोही ठाउँका ३० वर्षीय सुनिल श्रेष्ठ, ग्रामथान २ का १८ वर्षीय सुजन सरदार र सोही उमेरका धर्मेन्द्र माझी रहेका छन्। घाइतेहरुको नोबेल अस्पताल विराटनगर र स्थानीय अस्पतालमा उपचार भइरहेको छ।

त्यसैगरी मोरङ विराटनगर ४ स्थित एर्पोट सेकुवा कर्नर अगाडि साँझ ८ बजे को ३१ प ८६४१ नम्बरको मोटरसाइकलले ठक्कर दिएर एक पैदलयात्री घाइते भएका छन्। पहिचान नखुलेका अन्दाजी ६०÷६५ वर्षीय पैदलयात्री घाइते भएका हुन्। उनको नोबेल अस्पताल विराटनगरमा उपचार भइरहेको छ भने ठक्कर दिने मोटरसाइकलका चालक प्रहरीको नियन्त्रणमा रहेका छन्। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.