दिनहुँ मरिच बरामद

दिनहुँ मरिच बरामद

 वीरगन्ज : भारत सरकारले किसानलाई प्रोत्साहन गर्न तेस्रो मुलुकबाट मरिच आयातमा कडाइ गरेपछि नेपालबाट यसको तस्करी बढेको छ। भियतनाम र ब्राजिलबाट केही महिनायता नेपालमा मरिच आयात अप्रत्याशित रूपमा बढेको छ।

वीरगन्जस्थित सिर्सिया सुक्खा बन्दरगाहा भन्सार कार्यालयका अनुसार चालू आर्थिक वर्षको साउनदेखि जेठ दोस्रो सातासम्म तेस्रो मुलुकबाट वीरगन्ज नाका हुँदै २ अर्ब ६ करोड ८ हजार मूल्यको ५० लाख ७३ हजार ७४ किलो मरिच नेपालमा आयात भएको छ। आर्थिक वर्ष २०७३÷७४ मा भने ६३ करोड १८ लाख ४९ हजार रुपैयाँ मूल्यको ९ लाख ३ सय ८६ किलो मरिच सुक्खा बन्दरगाह नाका हुँदै नेपाल भित्रिएको थियो।

तेस्रो मुलुकबाट मरिच आयात अप्रत्याशित रूपमा बढेसँगै भारत तस्करी हुने क्रम पनि बढेको जनाइएको छ। वीरगन्ज भित्रिएको मरिच पर्साको ग्रामीण भेगका अमरपट्टी, धोरे, सबैठवा, प्रसौनीभाठा नाका हुँदै भारतका सिक्टा, रक्सौल, भेलाही, सिसवा बजारमा तस्करीका माध्यमले पुग्ने गरेको छ। वीरगन्जबाट साइकल, मोटरसाइकल र ट्र्याक्टरमा लोड गरी सीमावर्ती भारतीय बजारमा पु¥याइएको मरिच भण्डारण गरेर कारोबारीले भारतका ठूला सहरहरूमा आपूर्ति गर्दै आएका छन्।

भारतसँग सीमा जोडिएको पर्साका ग्रामीण नाकामा ठाउँ–ठाउँमा प्रहरी र सशस्त्रका पोस्ट छन्। तर, सुरक्षाकर्मीले मरिच तस्करी नियन्त्रणका लागि चासो नदेखाएको स्थानीयको गुनासो छ। शनिबार भने पर्सा प्रहरीले एक ट्र्याक्टर मरिच बरामद गरेको छ। वीरगन्जबाट पर्साको ग्रामीण नाका हुँदै ना.३त २४३६ नम्बरको ट्र्याक्टरमा लोड गरी भारततर्फ लैजान लागेको अवस्थामा प्रहरीले विन्दवासिनी गाउँपालिका वडा नम्बर ४ अमरपट्टीबाट ७५ बोरामा रहेको ९ लाख रुपैयाँ मूल्यको १७ क्विन्टल मरिच बरामद गरेको हो। प्रहरीले मरिच र ट्र्याक्टरसँगै चालक भारत बिहारको बेतिया थानाअन्तर्गत पर्ने सिक्टा पुरैनिया गाउँका ३२ वर्षीय नन्दलाल यादवलाई पक्राउ गरेको छ। चालक यादव, ट्र्याक्टर र मरिचलाई आवश्यक कारबाहीका लागि आइतबार वीरगन्ज भन्सार कार्यालयमा पठाइएको पर्साका प्रहरी नायब उपरीक्षक राजन लिम्बूले जानकारी दिए।

चालू आवमा तेस्रो मुलुकबाट वीरगन्ज हुँदै २ अर्ब ६ करोडको मरिच आयात भएको छ, गत आवमा ६३ करोड १८ लाखको आयात भएको थियो।

प्रहरीले साउनदेखि शनिबारसम्म पर्साका विभिन्न स्थानबाट तस्करी गर्न लागिएको अवस्थामा ५६ क्विन्टल मरिच, तस्करीमा संलग्न पाँच अभियुक्त, तस्करीमा प्रयोग गरिएका दुईवटा ट्र्याक्टर र एउटा मोटरसाइकल नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्तासमेत रहेका लिम्बूले मरिच तस्करी बढेको गुनासो आएपछि मातहतका प्रहरी चौकीका इन्चार्जलाई मरिच तस्करी रोक्न निर्देशन दिइएको बताए। ‘अहिले दिनहुँजसो धेरथोर मरिच प्रहरीले बरामद गरिरहेको छ’, उनले भने, ‘मरिच वा कुनै पनि मालवस्तुको तस्करी हुन नदिन प्रहरी कडाइका साथ लागेको छ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.