पाँच किलो अफिमसहित तीनजना पक्राउ

पाँच किलो अफिमसहित तीनजना पक्राउ

घोराही: प्रहरीले पाँच किलो अफिमसहित तीन जनालाई पक्राउ गरेको छ । प्रदेश प्रहरी कार्यालय अन्तर्गतको अनुसन्धान समुह र जिल्ला प्रहरी कार्यालय दाङको प्रहरी टोलीले घोराहीबाट पाँच किलो २०० ग्राम अफिमसहित पक्राउ गरेका तीनैजनालाई  सोमवार पत्रकार सममेलन गरेर सार्वजनिक गरेको छ ।

प्रहरीले रोल्पा पाछावाङ घर भई हाल दाङको घोराही-१२ मा बस्ने शक्तिराम वली, रुकुम भुमे गाउँपालिका-८ का एलनकुमार रोका मगर र  भुमे गाउँपालिका-६ का देबबहादुर ओलीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका निमित्त प्रहरी प्रमुख रामप्रसाद घर्ती मगरले जानकारी दिए । प्रहरीले उनीहरुलाई आइतवार राति घोराहीको मुख्य सडकबाट पक्राउ गरेको जनाएको छ ।

प्रहरीले शंकास्पद अवस्थामा खानतलासी गर्दा शक्तिराम वलीले बोकेको कालो रंगको झोलाभित्र अफिम फेला परेको थियो । पक्राउ परेका तीनै जनासँग आबश्यक अनुसन्धान भइरहेको निमित्त प्रहरी प्रमुख घर्ती मगरले जानकारी दिए ।

यसैबीच जिल्ला प्रहरी कार्यालय दाङका अनुसार आर्थिक वर्ष २०७४/०७५ मा मात्रै ३५ जनालाई लागूऔषधको कारोबारमा संलग्न भएको आरोपमा पक्राउ गरिएको छ ।  प्रहरीले चालू आर्थिक बर्षमा ४० किलो ९२४ ग्राम ९३० मिलीग्राम लागूऔषध बरामद गरेको छ ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.