ज्वालामुखी विस्फोटमा २५ जानाको मृत्यु
ग्वाटेमाला : ग्वाटेमालामा भएको ज्वालामुखी विस्फोटमा कम्तीमा पनि २५ जनाको ज्यान गएको छ । उक्त ज्वालामुखी ग्वाटेमालाको राजधानी शहर नजिकै विस्फोट भएको हो । उक्त स्थानमा यस वर्षमात्र दुईपटकसम्म ज्वालामुखी विस्फोट भएको अधिकारीहरूले जनाएका छन् । त्यसमा परी करिब २०० जना घाइते भएका छन् । यहाँको सेना र प्रहरीले उद्धारको काम जारी राखेको छ ।
जसका कारण ठूलो संख्याका स्थानीयलाई पनि अन्यत्रै सारिएको छ । स्थानीय बासिन्दालाई उद्धार गरेर अर्को स्थानमा सार्न पनि ठूलो संख्यामा सेना परिचालन गरिएको अधिकारीले जनाएका छन् । आइतबार राति भएको यस विस्फोटमा कम्तीमा पनि १७ लाख मानिस प्रभावित भएका छन् ।
प्रतिक्रिया दिनुहोस !