कुष्ठरोगी खोज्न घरदलो

कुष्ठरोगी खोज्न घरदलो

मलंगवा : हेयका दृष्टिले हेर्ने गर्दा कुष्ठरोगीहरू अझै उपचारको पहुँचमा पुग्न नसकेको पाइएको छ। हरिपुर्वा नगरपालिकामा सोमबार आयोजित अन्तक्र्रिया कार्यक्रममा कुष्ठरोगी अपहेलित हुने डरका कारण खुलेर उपचार गराउन नगएको जानकारी दिइएको हो। नगरपालिकालाई कुष्ठ रोगमुक्त बनाउन पहल भइरहेको उपमेयर चन्द्रकला देवीले बताइन्।

३९ हजारभन्दा बढी जनसंख्या रहेको हरिपुर्वामा सयौंको संख्यामा कुष्ठरोगी रहे पनि १५ जनाले मात्र स्वास्थ्य संस्थाबाट औषधि लगेर नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ। स्वास्थ्य शाखा प्रमुख वीरेन्द्र साहले निश्चित अवधिसम्म औषधि सेवन गरे रोग निको हुने भए पनि अपहेलित हुने डरले रोगीहरू स्वास्थ्य संस्थामा उपचार गराउन नआएको बताए।

‘११ पुरुष र ४ महिला मात्र औषधि लिन स्वास्थ्य संस्थामा आइरहेका छन्’, उनले भने, ‘जेठ २७ देखि ३० गतेसम्म घरदैलो कार्यक्रम गरेर कुष्ठरोगी पत्ता लगाई उपचारका लागि चिकित्सककहाँ पठाउने कार्यक्रम छ।’ ६० जना स्वयंसेविका परिचालन गरी कुष्ठरोगी पत्ता लगाइने उनले सुनाए।

नगरपालिकाअन्तर्गतका हरिपुर्वा, बसन्तपुर र धनकौलमा निकै कुष्ठरोगी रहेको अनुमान छ। उपचार गराउन स्वास्थ्य संस्था नआउँदा रोगीको संख्या बढ्दै गएको जनाइएको छ।

चेतना अभावले गर्दा सयौंका संख्यामा कुष्ठरोगी उपचार नगराई कष्टकर जीवन बिताइरहेको हरिपुर्वाका मुकेश झाले बताए। पूर्वजन्ममा पाप गरेका कारण कुष्ठ रोग लागेको भनी हेला गर्ने परिपार्टी अझै व्याप्त रहेको उनको भनाइ छ। ‘अधिकांश रोगी उपचारका लागि स्वास्थ्य संस्था जानुको साटो भगवान्को भाकल गरेर बसेका छन्’, उनले भने।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.