सिरियामा अमेरिकी नेतृत्वमा हवाई कारबाही

सिरियामा अमेरिकी नेतृत्वमा हवाई कारबाही

दमासकस : अमेरिकी नेतृत्वको हवाई सेनाले सिरियाको उत्तरतर्फ पर्ने हासाक शहरमा मंगलबार हवाई आक्रमण गरेको छ । त्यस आक्रमणमा केही सर्वसाधारण तथा विद्रोहीको पनि मृत्यु भएको छ ।

युद्धक विमानबाट उक्त शहरको आवास क्षेत्रलाई लक्षितगरी मध्याह्नमा हवाई आक्रमण शुरु भएको हो । सिरियाली सरकारी समाचार संस्था सानाले पनि उक्त खबरको पुष्टि गरेको छ । हासाकमै आइतबार राति पनि सैनिक कारबाहीबाटै केही बालबालिकाको मृत्यु भएको थियो ।

अमेरिकी गठबन्धन सेनाले आवास क्षेत्रमा लक्षित गरेर हवाई आक्रमण गर्ने गरेको छ । त्यसका विरुद्ध विगतमा पनि विरोध हुने गरेको थियो । तैपनि हवाई आक्रमण निरन्तर रहेको सानाले उल्लेख गरेको छ । सिरियाको विदेश मन्त्रालयले अमेरिकी नेतृत्वको गठबन्धनलाई यहाँबाट हटाउन संयुक्त राष्ट्रसंघमार्फत आग्रह गर्दै आएको छ । सिरियामा सन् २०१४ देखि अमेरिकी नेतृत्वको गठबन्धनले कारबाही शुरु गरेको थियो । अमेरिकी सेनाको नेतृत्वमा थप केही देशका सैनिकले यहाँ कारबाही गर्ने गरेका छन् ।

सिरियामा विगत लामो समयदेखि जारी रहेको हिंसामा तीन लाखभन्दा बढी मानिसको ज्यान गएको छ । आक्रमणमा लाखौँ नागरिक घाइते भएका छन् भने ठूलो संख्याका सिरियाली देश छोडेर भाग्न बाध्य छन् ।

सरकार समर्थक ४५ र आइएसका २६ लडाकुको मृत्यु

बेरुत : सिरियाली पूर्वी क्षेत्रमा इस्लामिक स्टेट (आइएस) लडाकु र सरकार पक्षधर लडाकु समूहबीच भएको झडपमा ४५ जना सरकार समर्थक लडाकुको मृत्यु भएको सिरियाली मानवअधिकार अनुगमन समूहले मंगलबार जानकारी गराएको छ । आइएस समूहले युफ्रेट्स उपत्यकामा सरकारी सुरक्षाकर्मीविरुद्ध गरेको आक्रमणमा सरकारी बल तथा सरकार पक्षधर स्थानीय लडाकु समूहका ४५ जनाको मृत्यु भएको हो । उक्त उपत्यकालाई सरकारी फौजले रूसी हवाई आक्रमणको सहयोगमा गत वर्ष आफ्नो नियन्त्रणमा लिन सफल भएको थियो ।

 विद्रोहीले निशाना बनाएका ग्रामीण बस्तीहरू प्रान्तीय राजधानी देर अजोर तथा अबलु कमल शहर इराकी सिमानामा पर्ने शहरहरू हुन् । उक्त गाउँहरूको बीच भागमा अहिले पनि आइएस विद्रोहीको प्रभाव क्षेत्र रहेको हाजिन शहर पनि पर्छ । मानव अधिकारवादी संस्थाका प्रमुख अब्देल रहमानले दिएको जानकारीअनुसार सरकारी पक्ष र विद्रोहीबीचको झडपमा २६ जना आइएस लडाकु पनि मारिएका छन् । सरकारी पक्षधर समूहमा परेका प्राय सिया लडाकु भए पनि उनीहरू इराकी, अफगानी तथा लेबनानी नागरिकसमेत रहेको उनले बताए । एएफपी


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.