आरके ज्वेलर्सबाट सुन र हिराका गहना जफत
काठमाडौँः साढे ३३ किलो सुुन तस्करी प्रकरणमा राजधानीको न्यूरोडस्थित आरके ज्वेलर्समा गृहमन्त्रालयबाट गठित छानबिन समितिले छापा मारेर सुुनका गरगहनालाई लगेको छ।
गृहमन्त्रालयको छानबिन समितिले आरके ज्वेलर्समा छापा मारेपछि बरामद गरिएका गहना सिलबन्दी गरेर लगेको हो ।
न्यूरोड र दरबारमार्गस्थित आरके ज्वेलर्समा छानबिन समितिका संयोजक सहसचिव ईश्वरराज पौडेल नेतृत्वको टोलीले सोमबार दिउँसो दुुवै पसलमा छापा मारेर सुुन तथा हिराकासहित गरगहना जफत गरेको हो ।

तस्बिर: विकास कार्की
प्रतिक्रिया दिनुहोस !