‘जनता बाढीमा डुबेका बेला पानीजहाज चलाऊँ भन्नेलाई कारबाही गर’
काठमाडौंः प्रतिनिधिसभाको बैठकमा सांसद्हरुले बाढी पहिरामा उद्धार र राहत प्रभावकारी बनाउन माग गरेका छन् । सांसद महेश बस्नेतले भक्तपुरमा बाढी पहिरोले धनजनको क्षति भएको र डुवानमा परेको जानकारी दिँदै पीडितलाई तत्काल राहत दिन पनि माग गरेका छन् ।
संसद्को आजको विशेष समयमा बोल्दै उनले समाजिक सञ्जालमा बाढी पहिरोमा जनता पीडित बनिरहेको संवेदनशील विषयमाथि सरकारलाई खिल्ली उठाउने गरी सामाजिक सञ्जाालमा टिप्पण्ी गर्ने माथि कारर्वाही गर्न पनि माग गरे ।
भक्तपुरमा जनता पीडामा परेका बेला पानी जहाज चलाऊँ भन्दै सामाजिक सञ्जालमा हाँसोको विषय बनाउनेलाई कारबाही गर्न उनले माग गरे । ‘भक्तपुरसहित देशभरका जनता बाढीमाको चपेटमा छन्, केही मानिस भने अब पानी जहाज चलाऊँ भन्दै हाँसेको विषय बनाइरहेका छन्’, बस्नेलले भने, ‘जनताको पीडामा पानीजहाज जोडेर हाँसोको विषय बनाउनेलाई साइबर क्राइम अनुसार कारबाही गरिनुपर्छ । मानवीय संवेदनामाथि खेलबाड गर्नेलाई त्यतिकै छाड्नु हुँदैन ।’
सांसद् अमललाल मोदीले बर्षायाममा मात्रै प्राकृतिक प्रकापबारे विषयमा बहस हुने गरेको बताउँदै यसको रोकथाप र नियन्त्रणका लागि सरकारले कुनै काम गर्न नसकेको गुनासो गरे ।
प्रतिक्रिया दिनुहोस !