माइक्रोले मोटरसाइकललाई ठक्कर दिँदा बिपी राजमार्गमा एकजनाको मृत्यु
धुलिखेल : बुधबार दिउँसो बिपी राजमार्गमा भएको दुर्घटनामा एकजनाको मृत्यु भएको छ। बिपी राजमार्ग अन्तर्गत धुलिखेल नगरपालिका ९ पानी ट्यांकीमा भएको दुर्घटनामा मोटरसाइकलमा सवार एकजनाको मृत्यु भएको हो।
ना १ ज५२१५ नम्बरको माइक्रोले ज ११ प १२९७ मोटरसाइकल ठक्कर दिँदा घटनास्थलमै एकजनाको मृत्यु भएको एसपी रविराज खड्काले जानकारी दिए। अर्का एक घाइते छन्।
मृतक र घाइतेको परिचय भने खुल्न सकेको छैन।
प्रहरीका अनुसार काठमाडौंबाट सिन्धुलीतर्फ जाँदै गरेको मोटरसाइकललाई काठमाडौंबाट सिन्धुलीतर्फ आउँदै गरेको माइक्रोले ठक्कर दिएको हो। माइक्रो र चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु भएको प्रहरीको भनाइ छ।
प्रतिक्रिया दिनुहोस !