विप्लवका प्रवक्ता प्रकाण्ड थप तीन दिन थुनामा

विप्लवका प्रवक्ता प्रकाण्ड थप तीन दिन थुनामा

काठमाडौँ: जबरजस्ती चन्दा असुलेको अभियोगमा पक्राउ परेका नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डलाई थप दिन थुनामा राख्न अदालतले आदेश दिएको छ। 

अनुसन्धानका लागि लिइएको पाँच दिनको म्याद सकिएपछि विश्वकर्मालाई काठमाडौँ जिल्ला अदालतले थप तीन दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो । 

प्रहरीले भने विश्वकर्मामाथि अनुसन्धान अघि बढाउन थप १५ दिनको समय मागेको थियो । तर अदालतले तीन दिनको मात्रै समय दिएको हो । 

गत बुधबार पक्राउ परेका ‘प्रकाण्ड’माथि प्रहरीले सात करोड भन्दा धेरै चन्दा असुली गरेको अभियोग लगाएको छ। दक्षिणकाली नगरपालिका-१ चाल्नाखेलबाट दुई कार्यकर्तासहित पक्राउ परेका प्रकाण्डलाई अहिले महानगरीय प्रहरी परिसर काठमाडौँको हिरासतमा राखिएको छ। 

बा१४प २७२९ नम्बरको गाडीमा हेटौँडाबाट आइरहेका बेला मंगलबार साँझ प्रकाण्डसहित उनका दुई सहयोगीलाई पनि प्रहरीले पक्राउ गरेको थियो । 

प्रहरीले उनलाई पक्राउ गर्नुअघि गरेको अनुसन्धानका क्रममा ठुला व्यापारीदेखि सर्वसाधरणबाटसमेत करिब ७ करोड रुपैयाँ चन्दा असुलेको खुलेको थियो । त्यही आधारमा उनलाई पक्राउ गरी हिरासतमा लिइएको महानगरीय प्रहरी परिसर काठमाडौँले जानकारी दिएको छ । 

प्रकाण्ड र अन्य दुई कार्यकर्ताविरुद्ध परिसरले चन्दा ऐन २०३० बमोजिम मुद्दा चलाउन लागेको हो । प्रकाण्डसँगै कालिकोटको कालिका गाउँपालिका वडा नम्बर ६ का हरिचन्द्र आचार्य र कपिलबस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ४ का मनबहादुर श्रेष्ठ पनि पक्राउ परेका थिए । 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.