नयाँ मुलुकी ऐनको स्वागतमा दीपवाली गरिने
काठमाडौँ : मुलुकी अपराध (संहिता) ऐन, २०७४, मुलुकी फौजदारी कार्यविधि (संहिता) ऐन, २०७४ र फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन,२०७४ समेतका कानुनको स्वागतमा भदौ १ गते दीपवाली गरिने भएको छ।
यी तीनै कानुन भदौ १ देखि लागू हुने भएपछि पहिलो दिन देशव्यापी दिपावलीको तयारी सरकारले गरेको हो । महान्यायाधिवक्ताको कार्यालय अन्तर्गतका ७७ वटै जिल्ला सरकारी वकील कार्यालय, १८ वटा उच्च सरकारी वकील कार्यालय, काठमाडौंस्थित विशेष सरकारी वकील कार्यालय र महान्यायाधिवक्ताको कार्यालयमा दिपावली गरिने महान्यायाधिवक्ताको कार्यालयले जनाएको छ ।
उक्त दिन देशभर सरोकारवालाबीच संहिताका मुख्य विशेषताबारे अन्तरिक्रिया कार्यक्रमसमेत गर्न महान्यायाधिवक्ताको कार्यालयले निर्देशित गरेको छ ।
अन्तरक्रियामा जिल्लास्थित कार्यालयका प्रमुखहरू, जिल्ला न्यायाधीश, प्रहरी कार्यालयका प्रमुखहरू, नेपाल बार एसोसीयसनका प्रतिनिधि, कानून व्यवसायी, अन्य सरोकारवाला र पत्रकारसमेतको सहभागितामा कार्यक्रम गर्न पत्राचार गरिएको महान्यायाधिवक्ताको कार्यालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस !