सेती खोलाको पीपीए
काठमाडौं : सामूहिक लगानीमा निर्माण हुन लागेको सेती खोला आयोजनासँग नेपाल विद्युत् प्राधिकरणले विद्युत् खरिद सम्झौता गरेको छ। एक हजारभन्दा बढी लगानीकर्ता रहेका २५ मेगावाट क्षमताको यो आयोजनाको करिब पाँच अर्ब रुपैयाँ लागत अनुमान गरिएको छ। भिजन लुम्बिनी ऊर्जा कम्पनी आयोजना विकासकर्ताका रूपमा छ।
विद्युत् प्राधिकरणका योजना अनुगमन तथा सूचना प्रविधि निर्देशनालयका उपकार्यकारी निर्देशक जगदिश्वरमान सिंह र कम्पनीका अध्यक्ष जगत पोखरेलले बिहीबार हस्ताक्षर गरेका छन्। सम्झौताअनुसार उक्त आयोजनाबट उत्पादित विद्युत् वर्षायाममा प्रतियुनिट चार रुपैयाँ ८० पैसा र हिउँदमा प्रतियुनिट आठ रुपैयाँ ४० पैसामा प्राधिकरणले खरिद गर्नेछ।
कास्कीको माछापुच्छ्रे गाउँपालिकाको भराभुरीमा पर्ने यो आयोजना आगामी तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने विकासकर्ता कम्पनीले जनाएको छ। आयोजनाको ३० प्रतिशत स्वपुँजी रहने र ७० प्रतिशत बैंक तथा वित्तीय संस्थाका तर्फबाट ऋण लिइनेछ।
प्रतिक्रिया दिनुहोस !