अस्थायी र करारका कर्मचारी आन्दोलित

अस्थायी र करारका कर्मचारी आन्दोलित

दैलेख : सरकारले कर्मचारी समायोजन अध्यादेश जारी गरेसँगै चामुण्डाविन्द्रासैनी नगरपालिकामा कार्यरत अस्थायी र करार कर्मचारीहरु आन्दोलनमा उत्रिएका छन् ।

कर्मचारी समायोजन गर्दा अस्थायी र करार कर्मचारीलाई समान व्यवहार गर्नुपर्ने माग राख्दै उनीहरु आन्दोलनमा उत्रिका हुन् । कर्मचारीहरुले सोमबारदेखि कार्यालयको दैनिक कामकाजलाई ठप्प पार्दै कार्यालय अगाडि धर्नामा बसेका छन् ।

जिल्लाका ११ वटै स्थानीय तहमा करार तथा अस्थायी कर्मचारीहरु आन्दोलनमा उत्रिएर सेवाप्रवाह ठप्प पारेको स्थानीय तह कर्मचारी संघ नेपालका केन्द्रीय सदस्य खमबहादुर थापाले जानकारी दिएका छन् ।

कर्मचारी आन्दोलनमा उत्रिएपछि नगरपालिकाको दैनिक कामकाज नै प्रभावित भएको छ । नगरपालिकामा सेवा लिन पुगेका सेवाग्राही महत्वपूर्ण काम पनि गर्न नपाएको गुनासो गरेका छन् ।

आन्दोलनमा उत्रिएका कर्मचारीले विभिन्न माग राख्दै स्थानीय तह ट्रेड युनियन संयुक्त आन्दोलन परिचालन समितिमार्फत सोमबार नै चामुण्डाविन्द्रासैनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बाबुराम नेपालीमार्फत ज्ञापनपत्र पनि बुझाए ।

स्थानीय तहमा अस्थायी, करार, ज्यालादारी, सामाजिक परिचालक कर्मचारीलाई स्थायी सेवा निरन्तरताको व्यवस्था गर्नुपर्ने मुख्य माग रहेको आन्दोलन समितिका संयोजक खगेन्द्रबहादुर शाहीले बताए ।

शाहीका अनुसार स्थानीय तहमा श्रेणीविहिन कर्मचारीहरुको स्तर बृद्धि, बढुवा, वृत्ति विकास तत्काल लागु गर्नसमेत माग गरिएको छ । स्थानीय तहसँग गरिएका माग पूरा नभए आन्दोलन चर्काउने उनको भनाइ छ । नगरपालिकामा हाल २७ जना करार र अस्थायी कर्मचारीहरु कार्यरत छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.