माघे सङ्क्रान्ति : नुवाकोटमा ४७ र धादिङमा १८ हल गोरु जुधाइँदै
काठमाडौं : माघे सङ्क्रान्तिमा नुवाकोटको बेत्रावती र तारुकामा ४७ हल गोरु जुधाइने भएको छ ।
रसुवा–नुवाकोट पर्यटन समाजले पत्रकार सम्मेलन गरेर यस्तो जानकारी दिएको हो । सँगै यो वर्ष नुवाकोटको बेत्रावती, तारुकासँगै घले गाउँ र धादिङको नीलकण्ठ नगरपालिकास्थित धुवाकोटमा पनि गोरु जुधाउने भएको छ ।
नुवकोटको तारुकमा २३, बेतावतीमा आठ र घले गाउँमा १६ तथा धादिङको धुवाकोटमा १८ हल गोरु जुधाउने तयारी भएको पर्यटन समाजका अध्यक्ष बलराम न्यौपानेले जानकारी दिए।
पत्रकार सम्मेलनमा पर्यटन व्यवसायी रामशरण थपलिया र दीपक महतले गोरु जुधाइ पर्वलाई स्थानीय कला संस्कृतिसँग जोडेर आन्तरिक तथ बाह्य पर्यटन प्रवद्र्धन गर्नुपर्ने बताए। बुढापाकाका अनुसार गोरु जुधाउने परम्परा दुई सय वर्ष पुरानो हो । यद्यपी यसको अभिलेख भने भेटिएको छैन ।
प्रतिक्रिया दिनुहोस !