कश्मीरमा ४० भारतीय सुरक्षाकर्मी मारिएकोबारे बोल्यो चीन

कश्मीरमा ४० भारतीय सुरक्षाकर्मी मारिएकोबारे बोल्यो चीन

नयाँ दिल्ली : जम्मु-कश्मीरको पुलवामामा बिहीबार भएको पृथकतावादी हमलामा ४२ भारतीय सैनिकको ज्यान गएको भोलीपल्ट चीनले मुख खोलेको छ । शुक्रबार एक वक्तव्य जारी गर्दै चीनले यस घटनाप्रति दु:ख व्यक्त गरेको छ। 

तर चीनले यो हमला गर्ने संगठन जैस ए मोहम्मदका सञ्चालक मसुद अजहरलाई आतंकवादीका रूपमा प्रतिबन्धित गर्ने भारतीय प्रस्तावबारे यो पटक पनि केही बोलेको छैन । चीन सरकारको तर्फबाट जारी गरिएको विज्ञप्तिमा कुनै पनि किसिमका आतंकवादको विरोध गर्ने जनाउँदै भारतीय सुरक्षाकर्मीमाथि भएको यो हमलाले गहिरो धक्का लागेको जनाएको छ । 

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गेङ्ग शुआङ्गले मसुद अजहरलाई आतंकवादीकारूपमा प्रतिबन्धित गर्ने कुरालाई  आफूहरूले जिम्मेवाररूपमा हेरिरहेको बताएका छन् । यसअघि भारतीय विदेश मन्त्रालयले राष्ट्रसंघमा सबै सदस्य राष्ट्रलाई अजहरलाई आतंकवादीकारूपमा प्रतिबन्धित गर्न अपिल गरेको थियो

भारतीय पक्षले अजहर पाकिस्तान निकट भएकाले चीनले उनको बचाउ गरिरहेको जिकिर गर्दै आएको छ । भारत सरकारले सन् १९९९ मा नेपालबाट भएको एयर इन्डियाको अपहरित जहाजका यात्रु छुटाउनका लागि अजहरलाई रिहा गर्न बाध्य भएको थियो । 

त्यसपछि अजहर पाकिस्तानमा लुकिरहेको दाबी भारतले गर्दै आएको छ । भारतले संयुक्त राष्ट्र संघ सुरक्षा परिषदमा अजहरलाई प्रतिबन्धित गर्नका लागि धेरै पटक कोशिश गरेको थियो । तर चीनले भिटो प्रयोग गरेर भारतीय प्रस्तावालाई विफल बनाइदिँदै आएको छ । 

२ जनवरी २०१६ मा पञ्जावको पठानकोटको एयरफोर्स बेसमा भएको हमलापछि भारत सरकारले मसुद अजहरलाई दोषी ठहर्याएको थियो । त्यसपछि फेब्रुअरी २०१६ मा राष्ट्रसंघमा अजहरलाई प्रतिबन्धित गराउने प्रस्ताव राखिएको थियो । तर चीनले भारतको यो प्रस्तावालाई विफल पारिदियो । चीनले डिसेम्बर २०१६ मा यस प्रस्तावको विरोधमा भिटो प्रयोग गर्यो । 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.