गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जर्मनीको चासो

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जर्मनीको चासो

काठमाडौं : युरोपेली युनियनको प्रभावकारी मुलुक जर्मनीको सांसद टोलीले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक व्यवस्थापन र सञ्चालन जिम्मेवारी लिने भन्दै अध्ययन थालेको छ।

नेपाल भ्रमणमा आएको उक्त टोली सीधै लुम्बिनी पुगेर स्तरोन्नति गरिएको यो अन्तर्राष्ट्रिय विमानस्थलको अध्ययन गरेको हो। जर्मनीले नेपालको अन्तर्राष्ट्रिय विमानस्थलमा आफ्नो उपस्थिति खोज्दै आएको अवस्थामा यो राजनीतिक भ्रमणलाई अर्थपूर्ण मानिएको छ। जर्मन राजदूत रोलन्ड सेफरसहित टोली लुम्बिनी पुगेको थियो।

अध्ययनपछि उनीहरूले प्रदेश पाँचका मुख्यमन्त्री शंकर पोखरेलसँग दुईपक्षीय छलफल गरेको कूटनीतिक अधिकारीहरुले बताए। उनले त्यहाँका अन्य मन्त्री, सभामुखलगायतसँग पनि भेटवार्ता गरेको बताइएको छ। जर्मन सांसद तोवियस एफ्लुगरको नेतृत्वमा शुक्रबार काठमाडौं ओर्लेको हो। परराष्ट्र अधिकारीका अनुसार टोलीले प्रदेश पाँचको भ्रमणलाई महत्व दिनुको एकमात्र कारण हो त्यहाँ बन्दै गरेको अन्तराष्ट्रिय विमानस्थल र तराईको राजनीतिक अवस्थाबारे अध्ययन।

यसरी विदेशी सांसदहरू सीधै प्रदेश सरकारसँग सहकार्यको मोडल खोज्दै जाने कार्यले केन्द्रीय सरकारको भूमिका र कूटनीतिक परम्परामा समेत प्रश्नचिह्न खडा गरेको परराष्ट्र अधिकारीहरूले बताए। ‘अन्य कूटनीतिक नियोगमार्फत पनि यस्ता भ्रमण भइरहेको तथा सबैको चासो प्रदेशतिर र अधिकतम चासो तराई केन्द्रित हुनुले आशंका उत्पन्न भएको छ,’ ती अधिकारीले भने, ‘यस विषयमा परराष्ट्रले मात्र होइन, प्रधानमन्त्री कार्यालयले पनि चासो राख्नुपर्ने देखिन्छ।’

टोलीले अन्तर्राष्ट्रिय विमानस्थलमा सहकार्यका विषयमा छलफल गरी सहकार्य सम्भाव्यताबारे जर्मन सरकारलाई जानकारी गराउनेछ। युरोपको पुरानो शक्ति मानिएको जर्मनी नेपालसँग निकट रहे पनि पछिल्लो समय सहकार्य घट्दो छ। नेपाल र जर्मनबीच कूटनीतिक सम्बन्ध कायम भएको ६ दशक पुगेको छ। तर जर्मनहरूले आफ्नो स्वार्थको परियोजनामा लाग्ने मात्र होइन नेपालको आन्तरिक विषयमा समेत ‘सफ्ट’ कूटनीतिक पाटोबाट चासो राख्न थालेको आरोप परराष्ट्र अधिकारीहरूले लगाएका छन्।

जर्मनहरूले आफ्ना सरकारी थिंक ट्यांकमार्फत नेपालको आन्तरिक राजनीति र कर्मचारीको ट्रेड युनियनमा चासो राख्दै आएका छन्। नेपालमा उनीहरूको थिंक ट्यांकको लगानी पनि पारदर्शी नभएको भन्दै नवीकरणमा समेत समस्या पर्दै आएको छ।

सांसदको टोली नै विमानस्थल व्यवस्थापनबारे अध्ययन गर्न आउने विषयले सरकार अचम्ममा परेको परराष्ट्र अधिकारीले बताए। जर्मन टोलीले मुख्यमन्त्री पोखरेललाई गौतम बुद्ध विमानस्थलमा सहयोग गर्न वा सहकार्य गर्न तयार रहेको बताएको छलफलका एक सहभागीले जानकारी दिए। यस्तै टोलीले पाँच नम्बर प्रदेशमा कस्तो प्रकारको सहयोग चाहिएको हो भन्दै कार्ययोजनासमेत मागेको थियो। टोलीले सोमबार काठमाडौंमा उच्चस्तरीय राजनीतिक भेटघाट गर्ने कार्यक्रम छ। काठमाडौंस्थित जर्मन दूतावासका अनुसार टोली मंगलबार सञ्चारकर्मीसँग अन्तरक्रिया गरेर फर्कनेछ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.