बाढीले डाइभर्सन बगाएपछि पोखरा छिर्ने मालबाहक ट्रक बाटैमा अलपत्र

बाढीले डाइभर्सन बगाएपछि पोखरा छिर्ने मालबाहक ट्रक बाटैमा अलपत्र

पोखरा : पोखराको मुख्य बजार जोड्ने विजयपुर खोलामाथिको पक्कीपुलको बटमकर्ड चर्किएपछि धेरै लोड भएका गाडी चर्किएको पुल हुँदै गुड्न जिल्ला प्रशासन कार्यालय कास्कीले रोक लगायो।

धेरै लोड भएका सवारी साधन गुड्न विजयपुरको पक्की पुल नजिकै डाइभर्सन पुल आइतबार खोलामा आइएको बाढीले भत्काएपछि मालबाहक गाडी अलपत्र परेका छन्। 

डाइभर्सन पुल भत्केपछि पोखरा, बाग्लुङ, जोमसोम लगायतका क्षेत्रमा जान सामान बोकेर आएका मालबाहक ट्रक आइतबार ४ बजेदेखि गगनगौंडामा अलपत्र परेका छन्। खोलामा आएको बाढीले डाइभर्सन पुल भत्केपछि ट्रफिक प्रहरीले धेरै लोड भएका मालबाहक ट्रकलाई पोखराको लेखनाथ गगन गौंडामा रोकेको हो।

७ टनसम्मका साना मालबाहक ट्रक पट्नेरीको पुल हुँदै बागमारा, ढुङ्गेसाँगु हुँदै पोखरा पठाइएको ट्रफिक प्रहरी कार्यालयका पोखराका प्रहरी सहायक निरीक्षक तीर्थराज पौडेलले बताए। त्यसभन्दा धेरै भार भएका मालबाहक ट्रकको बारेमा छलफलहुँदै गरेको उनले सुनाए।

वीरगञ्जदेखि सिमेन्ट लिएर आएको ट्रक बिहान ४ बजेदेखि रोकेर बस्नु परेको ट्रकका चालक रामेश्वर सिंहले बताए। बाटैमा सामान रोकिँदा शौचालय जानसमेत समस्या परेको उनले सुनाए। तल्लो गगनगौंडा क्षेत्रमा सार्वजनिक शौचालय नहुँदा समस्या परेको हो।

सर्लाहीबाट बाटो बनाउने सामान बाकेर आएका अरुण कुमार थारुको समस्या पनि उस्तै छ। बिहान ४ बजे गगनगौंडामा ट्रक रोकिँदा समस्या परेको उनले बताए।

२०६४ सालमा निर्माण सम्पन्न भएर सञ्चालनमा आएको स्टिल ब्रिज प्रविधिमा बनाइएको पुल एक दर्शकमै चर्किएपछि समस्या आएको हो। यस पुलबाट दैनिक ६ हजार भन्दा बढी सवारी साधन आवतजावत गर्दछन्। यस पुल बिटी इलाइट बिपी एड्भेन्चर जेभीले निर्माण गरेको थियो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.