बाँकेमा वर्षकै सर्वाधिक वर्षा, धेरै ठाउँ डुबानमा

बाँकेमा वर्षकै सर्वाधिक वर्षा, धेरै ठाउँ डुबानमा

नेपालगन्ज : मंगलवार बिहानैदेखि परेको अविरल वर्षाका कारण बाँके जिल्लाका सहरी र ग्रामीण क्षेत्र डुबानमा परेका छन् ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाका अनुसार नेपालगन्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका, बैजनाथ, खजुरालगायत गाउँपालिकाका विभिन्न क्षेत्रमा वर्षाको पानी निकास नहुँदा स्थानीयको घरभित्रै पानी पसेको हो । कुनै मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।

ढल तथा नालाको निकास थुनिँदा नेपालगन्ज उपमहानगरपालिकाका रानी तलाउ, महेन्द्र स्कुल रोड, महेन्द्रपार्क क्षेत्र, घरबारीटोल, बेलासपुर, न्यूरोड, गणेशपुर, बाँकेगाउँ, कोरियनपुर, भृकुटीनगर, कारकाँदो, राँझालगायत क्षेत्र जलाम्य भएका थिए । जिल्ला प्रहरी कार्यालय आसपासका क्षेत्रमा पनि वर्षाको पानी जमेको थियो ।

यस्तै कोहलपुर नगरपालिकाको वडा नं. १० चटार, १३ नं. सिमरी, १४ नं. हवलदारपुर, भरैया, १५ नं. को पर्सेनीपुर गाउँमा डुबानमा परेका थिए । खजुरा गाउँपालिकामा पर्ने पेडारी नाला बढेर सडकबाटै बग्दा सर्वसाधारणलाई ओहोरदोहोर गर्न समस्या भएको थियो ।

मंगलवार नेपालगन्जमा यस वर्षकै सर्वाधिक वर्षा भएको बताइएको छ । जल तथा मौसम विज्ञान विभागको हावापानी फिल्ड कार्यालय राँझाका अनुसार नेपालगन्जमा १६३.६ मिलिमिटर वर्षा भएको हो । जुन देशभर भएकोे वर्षामा सर्वाधिक हो ।

कुनै पनि जिल्लामा एक सय मिलिमिटरभन्दा बढी वर्षा भएको थिएन । ८ असारमा यसअघि १६० मिलिमिटर वर्षा भएको थियो । यो वर्षाले नरैनापुर गाउँपालिकाका चार वडामा अलि बढी डुबान समस्या भएको थियो ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.