दसैंमा घर फर्किनेको लर्को

दसैंमा घर फर्किनेको लर्को

धनगढी :  दसैं सुरु भएसँगै भारतमा रोजगारी गरेर घर फर्किनेहरुको कैलाली र कञ्चनपुरका नाकामा घर फर्किनेको लर्को लागेको छ। रोजगारीका लागि भारतका विभिन्न सहर पुगेका सुदूरपश्मिवासी दसैं मनाउन घर फर्कने गरेका हुन्।

 
अछाम साँफेबगर नगरपालिका-१३ बाबलाका शेरसिंह एक वर्षअघि गहुँ खेती लगाएर परिवारसहित रोजगारीका लागि भारत गएका थिए । उनी अहिले दसैँ मनाउन घर फर्किएका छन् । शेरसिंह मात्र होइनन् रोजगारका लागि भारतलगायत अन्य मुलुक गएका सुदूरपश्चिमेली अहिले घर फर्किन थालेका छन् । दसैं तिहार नजिकिएसँगै सुदूरपश्चिम प्रदेशमा चहलपहल बढेको छ ।

भारतको उत्तराखण्ड रोजगारी गरेर दसैँ मनाउन घर फर्केका बझाङ घर भएका पुरन रोकायाले विगतका वर्षमा सीमामा निकै सास्ती खेप्नु परेको भए पनि यसवर्ष भने सहज भएको बताए । यस्तै अछाम साँफेनगर घर भएका धनबहादुर कुँवर वली दसैँ मनाउन घर फर्किएका छन् । वर्षभरि परदेशमा काम गरेर दिन बिते पनि दसैँमा भने सधैँ घर फर्किने गरेको उनले सुनाए।

प्रहरीका अनुसार दैनिक दुई÷तीन सय नेपाली कैलालीका त्रिनगर नाकाहुँदै घर फर्किने गरेका छन् । आफ्नो देशमा रोजगारी नपाउनु, पाइहाले पनि न्यून पारिश्रमिकमा काम गर्नुपर्ने, औषधि समेत राम्रो नपाइने भएपछि सुदूरपश्चिम प्रदेशबाट रोजगारीका लागि भारत जानेको संख्या दिनप्रतिदिन बढ्दो छ । 

जिल्ला प्रशासन कार्यालय कैलालीले भारतबाट घर फर्किँदै गरेका नेपालीलाई सीमामा सास्ती नहोस् भन्नका लागि त्रिनगर नाकामा चाडपर्व लक्षित सीमा सहायता कक्ष स्थापना गरेको छ । नेपालीलाई घर फर्किदा सीमामा कुनै पनि समस्या नहोस् भन्नका लागि सहायता कक्ष स्थापना गरिएको कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले बताए । 

दसैँ, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै कैलालीको त्रिरनगर नाकाको गौरीफन्टामा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले संयुक्त रूपमा गौरीफण्टामा सहायता कक्ष संचालनमा ल्याएका छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.