बलात्कारको आरोपमा कृष्णदासजी पक्राउ

बलात्कारको आरोपमा कृष्णदासजी पक्राउ

विराटनगर : बलात्कारको आरोप लागेका सिद्धबाबा कृष्णदासजी महाराजलाई प्रहरीले पक्राउको गरेको छ । विराटनगरस्थित विराट नर्सिङ होम आइसीयूमा भर्ना भएको अवस्थामा नै सोमबार बिहान चार बजे सुनसरीका डीएसपी विनोद शर्माको टोलीले उनलाई पक्राउ गरेको हो।

दिउँसो पक्राउ गर्दा कृष्णदासजीका समर्थकको भीड लाग्ने र अवरोध सिर्जना हुने भएकाले बिहानै पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय सुनसरी लगिएको डीएसपी विनोद शर्माले बताए ।

सुनसरीको चतरास्थित आफ्नै आश्रममा गत कात्तिक ४ गते बलात्कार गरेको भन्दै एक महिला अनुयायीले प्रहरीमा उजुरी दिएको सार्वजनिक भएपछि उनी गत बिहीबारबाट विराट नर्सिङ होममा उपचारका लागि भर्ना भएका थिए।

छाति, मुटु तथा प्रोस्टेट तथा मृर्गौलाको पत्थरीले समस्या बनाएपछि उपचारका लागि अस्पताल भर्ना भएको कृष्णदासजीले बताउँदै आएका थिए । गाइनो वार्डको ५ नम्बर डिलक्स रुममा राखेर उनको उपचार भइरहेको थियो । मुटुको धड्कन बढेको भन्दै उनलाई आइतबार बिहान ११:३० बजे आइसीयूको १० नम्बर बेडमा भर्ना गरिएको थियो। 

बरिष्ठ मुटु रोग विशेषज्ञ डा. ज्ञानेन्द्र गिरीका अनुसार मुटुको धड्कन बढेर समस्या भएपछि र छातिमा पनि दुखाई बढेपछि कृष्णदासजीलाई आइसीयूमा भर्ना गरिएको हो। डीएसपी शर्माका अनुसार चिकित्सकले केहि दिन अस्पतालमै राख्नुपर्ने जानकारी गराएपनि कानुनको पालना गर्नका लागि उनलाई पक्राउ गरिएको हो । कृष्णदासजीलाई  सोमबार बिहान १० बजे जिल्ला अदालत सुनसरीमा उपस्थित गराएर म्याद थप गरी अनुसन्धान अघि बढाइने डीएसपी शर्माले अन्नपूर्ण पोस्ट्लाई जानकारी दिए ।

सिद्धबाबा कृष्णदासजीले आफूमाथि गम्भीर षडयन्त्र भएको भन्दै आरोप अस्वीकार गरेका थिए । शनिबार साँझ अन्नपूर्णसँग कुरा गर्दै उनले राष्ट्र र मानवहितका लागि चलाएको अभियानले सफलता प्राप्त गरिरहँदा आफूलाई ढलाउने आरोप लगाएर मर्माहत बनाएको बताएका थिए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.