करातेमा नेपाललाई थप स्वर्ण
मंसिर १७, २०७६ मंगलबार ११:२३:०
काठमाडौँ : जारी १३औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत करातेमा नेपालका नवीन रसाइलीले स्वर्ण पदक जितेका छन्। उनले ६७ किलोमुनिको प्रतिस्पर्धामा पाकिस्तानका खेलाडी अहमद नासिरलाई पराजित गरेका हुन्।
उनले नासिरलाई ८–६ अंकले पछि पार्दै नेपाललाई स्वर्ण दिलाएका हुन्।