१० हजार मिटर दौडमा सन्तोषीले जितिन् स्वर्ण
काठमाडौं : जारी १३औं सागमा एथ्लेटिक्स अन्तर्गत महिलातर्फ १० हजार मिटर दौडमा नेपालकी सन्तोषी श्रेष्ठले स्वर्ण पदक जितेकी छिन् । सन्तोषीले ३५ मिनेट ७.९४ सेकेण्डमा निर्धारित दूरी पार गरी स्वर्ण जितेकी हुन्।
सन्तोषीले भारतकी कविता यादवलाई पछि पारी स्वर्ण जित्न सफल भएकी हुन् । एथ्लेटिक्सतर्फ नेपालको यो पहिलो स्वर्ण हो ।

प्रतिक्रिया दिनुहोस !