साग पुरुष फुटबल : नेपाल फाइनलमा, भुटानसँग भिड्ने

साग पुरुष फुटबल : नेपाल फाइनलमा, भुटानसँग भिड्ने

काठमाडौं : नेपाल १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गतको पुरुष फुटबलको फाइनलमा पुगेको छ। आइतबार बंगलादेशलाई १-० ले पराजित गर्दै नेपाल फाइनल प्रवेश गरेको हो। १० खेलाडीमा सीमित नेपाल बंगलादेशलाई पराजित गर्दै फाइनल पुगेको हो।

खेलको ११ औं मिनेटमा कप्तान सुजल श्रेष्ठको पासमा सुनिल बलले गरेको आकर्षक गोल नै बंगलादेशविरुद्धको खेलको निर्णायक बन्यो। 

इन्जुरी समयमा बंगलादेशी खेलाडीले नेपाली खेलाडीलाई आक्रमण गरेपछि मैदानमा तनाव भएको थियो।  नेपाली खेलाडीमाथि आक्रमण गर्ने बंगलादेशका खेलाडीलाई रेफ्रीले रेडकार्ड दिएपछि मैदानमा तनाव भएको थियो। बंगलादेशी खेलाडीले रेफ्रीलाईसमेत आक्रमणको प्रयास गरेका थिए। नेपाल र भुटानको फाइनल भिडन्त मंगलबार दिउँसो ३ बजे दशरथ रंगशालामा हुनेछ। 

शनिबार श्रीलंकालाई ३-० गोलले हराउँदै भुटान फाइनल प्रवेश गरेको हो। भुटान साग फुटबलमा पहिलो पटक फाइनलमा पुगेको हो।  नेपाल भने सागको साविक विजेता हो। 

पहिलो खेलमा भुटानलाई ४-० ले पराजित गरेको भुटानलाई फाइनलमा सहजै जित्ने मनोबल नेपालको छ। अन्य देशसँग राम्रो खेल प्रदर्शन गर्दै पहिलो पटक फाइनल पुगेको भुटान इतिहास रच्ने सपनामा छ। 

बंगलादेशको चार अंक छ। दुई दुई अंक बनाएका माल्दिभ्स र  श्रीलंका प्रतियोगिताबाट बाहिरिएका छन्। 

राउन्ड रोविन लिगका आधारमा सञ्चालित फुटबलमा शीर्ष दुई टोली फाइनल पुगेपछि लिग चरणमा तेस्रो हुँदै बंगलादेशले कास्य पदकमा चित्त बुझाएको छ। 


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.