हामी कुखुरा होइन, चील बन्‍नुपर्छ : प्रचण्ड

हामी कुखुरा होइन, चील बन्‍नुपर्छ : प्रचण्ड

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी कुखुराजस्तो खोर्सिने नभइ चीलजस्तो उडान भर्ने हुनुपर्ने बताएका छन्। 

स्थायी समिति बैठकमा शनिबार नेताको प्रश्नको जवाफ दिने क्रममा प्रचण्डले यस्तो बताएका हुन्। प्रचण्डले क्रान्तिको बाँकी कार्यभार पूरा गर्न चीलजस्तै उडान भर्नुपर्ने बताएका हुन्। 

‘हामी कुखुरा होइन, चील बन्नुपर्छ। हरेक विषयवस्तुलाई कुखुराले जसरी खर्सिएर हेर्ने होइन, चीलले जसरी माथिबाट हेर्नुपर्छ’, प्रचण्डले भने, ‘त्यसो गरे मात्र हामी क्रान्तिको बाँकी कार्यभार पूरा गरेर जान सक्छौँ।’ 

नेताले गरेका प्रश्नको जवाफ दिने क्रममा प्रचण्डले पार्टी महाधिवेशन हुन बाँकी नै भएकाले विचारको बहस खुला नगरेको बताए। उनले पार्टीका आधिकारिक राजनीतिक प्रतिवेदनमा उल्लेखित राजनीतिक कार्यदिशाबाहेक अन्य विषयमा बहस खुला नभएको प्रष्ट पारे। 

‘अहिले जुन राजनीतिक प्रतिवेदन र विधान पार्टीको छ, त्यो बाहेक अरु विषय छलफलमा लान पाइदैन। जतिबेला महाधिवशेनका लागि विचार खुला भयो भनेर पार्टीले भन्छ, त्यसपछि मात्र हामीले आ– आफना कुरा बहसमा लैजान सकिन्छ,’ दाहालले भने, ‘अहिले हामी राष्ट्रिय÷अन्तराष्ट्रिय सबै शक्ति केन्द्रको केन्द्रबिन्दुमा छौं। सबैले हामीलाई हेरेका छन्, यो बेला हाम्रो प्रथम दायित्व भनेको, एकतावद्ध भएर जाने, पार्टीका काम पूरा गरेर जाने र पार्टी चलायमान बनाउने नै हुनेछ।’

पार्टीको नीति तथा कार्यक्रमको विषयमा उठेका प्रश्नको जवाफ दिँदै प्रचण्डले सामान्तवादका अवशेष अझै बाँकी रहेको भन्दै अहिले समाजवाद उन्मुख जनताको जनवादको राजनीतिक कार्यक्रम पार्टीको नीति कार्यक्रम भएको स्पष्ट पारे।

नेताका कतिपय प्रस्तावले पार्टीलाई अझ भद्रगोल बनाउने भन्दै प्रचण्डले सचिवालय विस्तार, महिला प्रतिनिधित्व, केन्द्रमा उपाध्यक्ष र अन्य कमिटिमा उपाध्यक्ष पद सिर्जना गर्न नसकिने प्रष्ट पारे। विभिन्न प्रस्ताव अस्वीकार गरेका प्रचण्डले नेता वामदेव गौतमलाई उपाध्यक्ष बनाउने गरी सचिवालयले अघि सारेको विधान संशोधन प्रस्ताव भने पारित गरेर अगाडि जाने संकेत गरेका छन्। त्यसका लागि १५ दिनपछि केन्द्रीय समिति बैठक बोलाएर अगाडि बढ्ने उनको भनाइ छ। 

शनिबार टुंगिने भनिएको नेकपा स्थायी समिति बैठक विकास र सहयोगसम्बन्धी अमेरिकी सहायतासम्बन्धी निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) का विषयमा विवाद हुँदा लम्बिएको छ। 

सरकारले एमसीसी प्रस्ताव संसद्बाट अनुमोदन गराउन ०७५ असार ३० मा दर्ता गराएको थियो। प्रस्ताव संसद्को हिउँदे अधिवेशनमा पारित गराउने तयारी छ। हिउँदे अधिवेशन शुक्रबारबाट सुरु भएको छ। संसदको अर्को बैठक पुस ११ गते दिउँसो १ बजेका लागि बोलाइएको छ।

नेकपा स्थायी समिति बैठकमा एमसीसीको विरोध र समर्थन गर्ने क्रम जारी रहेपछि शनिबार टुंगो लाग्ने भनिएको बैठक एक दिन लम्बिएको हो। शनिबारको बैठक एमसीसीबारे नेतृत्वले थप छलफल गरेर आइतबार बिहान ११ बजे बस्ने निर्णय गर्दै टुंगिएको हो। 

पार्टी अध्यक्ष केपी शर्मा ओली र  प्रचण्डले प्रस्तुत राजनीतिक प्रतिवेदनमाथि महासचिव विष्णुप्रसाद पौडेलले आफ्नो धारणा राखेपछि छलफलको क्रम पूरा भएको छ। 

बैठकमा सबै सदस्यले राखेका धारणाको सम्बन्धमा पार्टी अध्यक्ष  ‘प्रचण्ड’ले विभिन्न विषयमा जवाफ दिए। यसैगरी विधान संशोधन प्रस्तावका सम्बन्धमा उठेका जिज्ञासाका बारेमा महासचिव पौडेलले प्रष्ट पारे। 

प्रचण्डले जवाफ दिने क्रममा स्थायी कमिटीको बैठकमा व्यक्त विचारले पार्टीलाई सुदृढीकरण गर्न, एकतालाई तीब्रता प्रदान गर्न, तीनै तहको सरकारलाई प्रभावकारी बनाउन र देशलाई सही दिशामा अघि बढाउन मद्दत पुगेको प्रष्ट पारे।  

अध्यक्ष र महासचिवको जवाफपछि शनिबार नेताहरुले विभिन्न विषयहरुमा पुरक जिज्ञासा राखेका थिए। प्रतिवेदन र विधान संशोधन प्रस्तावलाई भोलिको बैठकले पारित गर्ने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। 

एमसीसीको विषय चर्को रुपमा उठेपछि बैठक एक दिन लम्बिएको हो। एमसीसीबारे नेतृत्वले छलफल गरेर मात्र निर्णयमा पुग्ने भन्दै बैठक लम्बिएको एक नेताले जानकारी दिए।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.