सभामुखमा नेम्वाङकै सम्भावना

सभामुखमा नेम्वाङकै सम्भावना

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले भावी सभामुखबारे औपचारिक निर्णय गरेको छैन। पार्टी अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सभामुखबारे निर्णय गर्ने नेताहरू बताउँछन्। 

यद्यपि सभामुखमा पूर्वसभामुख सुवास नेम्वाङकै सम्भावना रहेको नेताहरुको भनाइ छ । पुनःस्थापित प्रतिनिधिसभा, अन्तरिम व्यवस्थापिका, दुवै संविधानसभा र संविधान बनेपछिको रुपान्तरित संसद्‍ नेम्वाङ सभामुख थिए। पार्टी र सरकारको स्पिरिट समात्न सक्ने, कानुन र संविधानका जानकार तथा अनुभवका कारण उनी नै सभामुख बन्ने सम्भावना रहेको नेकपाका नेता बताउँछन्।

महराको राजीनामालगत्तै आफू सभामुखमा इच्छुक नभएको सार्वजनिक अभिव्यक्ति दिएपछि पार्टीका अध्यक्षद्वयले सभामुखबारे नबोल्न निर्देशन दिएको नेम्वाङ बताउँछन्। प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीको रोजाइमा नेम्वाङ नै रहेको बालुवाटार स्रोत बताउँछ।

तर पूर्वमाओवादीका नेताहरू भने पूर्वमाओवादीकै कोटाबाट सभामुख बनाउन पार्टी अध्यक्ष दाहालमाथि दबाब दिइरहेका छन्। 

यसअघि पूर्वमाओवादीको कोटाबाट कृष्णबहादुर महरा सभामुख बनेकाले यसपटक पनि पूर्वमाओवादीकै कोटाबाट सभामुख बन्नुपर्ने उनीहरूको भनाइ छ। सभामुखमा पूर्वमाओवादीबाट अग्नि सापकोटा, देव गुरुङ र पम्फा भुसालले चाहना व्यक्त गरेका छन्।

उपसभामुख शिवमाया तुम्बाहाङ्फेले पनि सभामुखमा दाबी गरिरहेकी छन्। राष्ट्रपति विद्यादेवी भण्डारीको चाहना पनि तुम्बाहाङ्फेलाई सभामुख बनाउने छ। उपत्यका बाहिर रहेका अध्यक्ष प्रचण्ड बिहीबार काठमाडौं फर्केपछि सभामुखको उम्मेदवार टुंगो लाग्ने नेताहरू बताउँछन्।  

उपसभामुख तुम्बाहाङ्फेले राजीनामा दिने तयारी गरेकी छन्। सभामुखको निर्वाचन प्रक्रिया अघि बढाउन उपसभामुख तुम्बाहाङ्फेले राजीनामा दिन लागेकी हुन्। संसद् सचिवालयले पुस १४ गते सभामुख निर्वाचनको तालिका बनाएको छ। सत्तारुढ नेकपाले सभामुख लिन तुम्बाहाङ्फेलाई राजीनामा गराउन लागेको हो। सभामुख र उपसभामुख फरक फरक दलको हुनुपर्ने संवैधानिक व्यवस्थाका कारण नेकपाले उपसभामुख छाड्न लागेको हो।

उपसभामुख तुम्बाहाङ्फेले राजीनामा दिएपछि सभामुख र उपसभामुख दुवै पद रिक्त हुनेछन्। दुवै पद खाली हुँदा ज्येष्ठ सदस्यले बैठकको अध्यक्षता गरि निर्वाचन प्रक्रिया सुरु गर्नेछन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.