एमसीसी तत्काल संसदबाट अनुमोदन गर : कांग्रेस

एमसीसी तत्काल संसदबाट अनुमोदन गर : कांग्रेस

काठमाडौं : अमेरिकी सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)बारे सत्तारुढ नेकपाभित्रै चर्को विवाद भइरहेको बेला प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले अनुमोदन गर्न साथ दिने भएको छ। शुक्रबार कांग्रेस संसदीय दलको बैठकमा एमसीसी संसदबाट तत्काल अनुमोदन गर्न माग गरेको छ।

अनुमोदन गर्न कांग्रेस एक ढिक्का रहेको भन्दै एमसीसीविरुद्ध यसअघि कांग्रेस नेताहरुले दिएको अभिव्यक्ति भ्रमपूर्ण र कपोकल्पित रहेको कांग्रेसले जनाएको छ। बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ ‘लामो प्रक्रिया पार गर्दै नेपालको हितमा कार्यान्वयनको दिशामा अगाडि बढेको अमेरिकी सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशनलाई तत्काल संसदबाट अनुमोदन गर्न माग गरिन्छ।

साथै यस विषयमा कतिपय सञ्चार माध्यमबाट पार्टी सभापति एवं दलका नेता शेरबहादुर देउवाज्यू र अन्य नेपाली कांग्रेसका कतिपय सांसद तथा नेताहरुबाट आएको भनिएको यस विरुद्धको अभिव्यक्ति भ्रमपूर्ण र कपोकल्पित छ। यस सम्झौतालाई यथाशीघ्र सदनबाट अनुमोदन गर्ने पक्षमा नेपाली कांग्रेस रहेको पुनः स्मरण गराउन चाहन्छौं।’

सत्तारुढ नेकपाभित्र प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली एमसीसी नेपालमा लागू गर्ने पक्षमा छन् भने कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लागू गर्न नहुने पक्षमा छन्।

यस्तो छ कांग्रेस संसदीय दलको निर्णय


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.