साझा यातायातलाई सरकारले दिएको तीन अर्ब ब्याजसहित फिर्ता

साझा यातायातलाई सरकारले दिएको तीन अर्ब ब्याजसहित फिर्ता

काठमाडौं : सरकारले साझा यातायातलाई दिएको तीन अर्ब रुपैयाँ ब्याजसहित फिर्ता लिने निर्णय गरेको छ। 

बिहीबार नियमित पत्रकार सम्मेलनमा मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले साझालाई दिएको रकम फिर्ता लिने निर्णय भएको जानकारी दिएका हुन्। 

बिजुली बस खरिद गर्नका लागि निकासा भएपनि समयमा साझा यातायातले बस किन्न नसकेपछि सरकारले रकम फिर्ता लिने निर्णय गरेको मन्त्री बाँस्कोटाले जानकारी दिए।  मन्त्रीपरिषद्को यो निर्णयसँगै सरकारले आफैँ बस खरिद गरेर सञ्चालन गर्ने मन्त्री बाँस्कोटाले बताए। 

सरकारले २०७६ असारमा  साझालाई ३ सय वटा नयाँ विद्युतीय बस खरिद गर्न ३ अर्ब रुपैयाँ शेयरमार्फत लगानी गर्ने निर्णय गरेको थियो ।

‘साझा यातायातलाई तीन सय नयाँ विद्युतीय बस चलाउन २०७६ असारको मन्त्रिपरिषद्को निर्णयानुसार दिइएको ३ अर्ब रुपैयाँ अहिलेसम्मको व्याजसहित फिर्ता लिने निर्णय भएको छ’, पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटाले भने, ‘संस्थाले ती बस सञ्चालन गर्न नसकेको हुँदा यस्तो निर्णय लिइएको हो ।’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.