ललितपुरको सउना बाथमा दम्पतीको मृत्यु
ललितपुर : ललितपुरको नखिपोटस्थित जिम तथा फिटनेस सेन्टरको सउना बाथभित्र एक दम्पतीको मृत्यु भएको छ ।
फिट एन्ड फाइन जिम सेन्टरमा बुधबार साँझ हस्तबहादुर थापा र उनकी पत्नी नेत्र पुनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
हस्तबहादुर पूर्वमन्त्री थममाया थापाको स्वकीय सचिव समेत हुन् । घटनाको प्रारम्भिक अनुसन्धान अनुसार सउना बाथभित्र उनीहरुको निस्सासिएर मृत्यु भएको ललितपुर महानगरीय प्रहरी प्रमुख टेकप्रसाद राईले बताएका छन् । साथै घटनाको थप अनुसन्धान भइरहेको राईले जनाए ।
प्रतिक्रिया दिनुहोस !