पशुपतिमा नमस्कार अभियान

पशुपतिमा नमस्कार अभियान

काठमाडौं : पशुपति क्षेत्र विकास कोषले आइतबारदेखि ‘नमस्कार’ अभियान सुरु गर्ने भएको छ। नेपाल सरकारको भिजिट नेपाल २०२० को सन्दर्भ जोड्दै महाशिवरात्रीको अवसर पारेर नमस्कार अभियानलाई पुनर्जागरण गर्ने भएको हो।

पाशुपत क्षेत्रमा करिब एक सयवटा नमस्कार गरौं भन्ने आशयका फ्लेक्स हुनेछन्। फ्लेक्सको बीचमा नमस्कार शब्द हुनेछ भने सोको दायाँबायाँ पशुपतिनाथ मन्दिरअंकित तस्विर हुनेछ। नमस्कारको तल ‘वसुधैव कुटुम्बकम्’ शब्द हुनेछ भने त्यसभन्दा तल दायाँबायाँ पुरुष र महिलाका हातले नमस्कार गरेका तस्विर हुनेछन्। ‘पशुपतिनाथको दर्शन गर्न आउने सबै भक्तजनबाट नमस्कार शब्द प्रयोग गरी दुवै हात जोडेर एकआपसमा आत्मीयतासमेत प्रकट होस् भनेर नमस्कार सुरुआत गर्न लागेका हौं’, कोषका सदस्यसचिव डा. प्रदीप ढकालले भने, ‘नेपालीको परम्परा नै हो, नयाँ कुरो होइन तर यसलाई पुनर्जागरण गर्न सके एकापसमा श्रद्धासमेत बढ्नेछ।’

कोषले सुरु कोषको कार्यालयबाटै गर्ने भएको छ। कसैले हात मिलाउन खोजे अब कोषका कर्मचारीले हामी हात मिलाउँदैनौं नमस्कार गर्छौं भनेको सुन्न पाइनेछ। ‘एक व्यक्तिमा भएको ईश्वरीय तत्व अर्कोसँग पुग्नेछ, छातीलाई बीचमा पर्ने गरी ह्दयको भाव व्यक्त गर्दै संस्कार र संस्कृतिलाई प्रवद्र्धन गर्न लागेका हौं’, उनले थपे। यो काम वैज्ञानिक दृष्टिले समेत उपयुक्त रहेको उनको भनाइ छ।

यसैबीच, महाशिवरात्रीकै अवसर पारेर कोषले प्लाष्टिक निषेधको कामलाई पनि कडाइका साथ कार्यान्वयन गर्ने भएको छ। कोषका प्रशासकीय अधिकृत गौरीशंकर पराजुलीका अनुसार २०६९ सालमा काठमाडौं महानगरपालिकासँगको सहकार्यमा पाशुपत क्षेत्रलाई प्लाष्टिक निषेधित क्षेत्र घोषणा गरे पनि फाट्टफुट्ट देखिएपछि पुनः कडाइ गर्न लागिएको हो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.