कोरोना त्रास : शुक्रबारदेखि नेपाल आगमनमा प्रतिबन्ध

कोरोना त्रास : शुक्रबारदेखि नेपाल आगमनमा प्रतिबन्ध

काठमाडौं : कोरोना भाइरस (कोभिड–१९) प्रभावित देशबाट आउने पर्यटकलाई नेपाल प्रवेशमा सरकारले रोक लगाउने भएको छ। मार्च २० को मध्य रातीदेखि लागू हुने गरी अप्रिल १५ सम्म आवगमनमा रोक लगाउने निर्णय कोरोना संक्रमण, रोकथाम तथा नियन्त्रणसम्बन्धी उच्चस्तरीय समन्वय समितिको बुधबार बसेको बैठकले निर्णय गरेको हो।

‘युरोपका सबै मुलुकहरु, पश्चिम एसिया लगायत खाडी क्षेत्रका मुलुकहरु, इरान, टर्की, मलेसिया, दक्षिण कोरिया, जापानबाट आउने’ समितिको बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ, ‘ती मुलुकलाई ट्रान्जिट बनाइ अन्य जुनसुकै मुलुकबाट आउने सबै यात्रुहरुलाई २० मार्च २०२० मध्य राती देखि लागु हुने गरी १५ अप्रिल २०२० सम्म आगमनमा प्रतिबन्ध लगाउने।’

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको बैठकले कोरोनाको विषयमा भ्रम फैलाउने र सामान लुकाउनेलाई कारबाही गर्नेलगायत विभिन्न १५ बुँदे निर्णय गरेको छ । बैठकमा समितिका संयोजक उपप्रधानमन्त्री पोखरेलसहित स्वास्थ्यमन्त्री भानुभक्त ढकाल, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, गृहमन्त्री रामबहादुर थापा, अर्थमन्त्री युवराज खतिवडालगायत उच्च सरकारी अधिकारीको उपस्थिति रहेको थियो।  

चीनको वुहानबाट डिसेम्बरदेखि फैलिएको कोरोना संक्रमण अहिलेसम्म १५९ देशमा पुष्टि भइसकेको छ। यस्तै ७५ सय बढीले ज्यान गुमाइसकेका छन् भने करिब २ लाखमा संक्रमण पुष्टि भइसकेको छ।

थप निर्णय


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.