आइसोलेसनमा भर्ना भएका बिरामीको मृत्यु, स्वाब परीक्षण रिपोर्ट आउन बाँकी

आइसोलेसनमा भर्ना भएका बिरामीको मृत्यु, स्वाब परीक्षण रिपोर्ट आउन बाँकी

लक्ष्मण पोखरेल/सलमान खान
भैरहवा :
कोरोना संक्रमणको आशंकामा बुटवल स्थित निर्माण गरिएको कोरोना विशेष अस्थाई अस्पतालमा भर्ना भएका एक युवकको मृत्यु भएको छ ।

अस्पतालको आइसोलेसन कक्षमा भर्ना भएका रुपन्देहीको सैनामैना नगरपालिका ७ का ३४ वर्षीय बाबुराम थापाको मृत्यु भएको पाँच नम्बर प्रदेश प्रहरी कार्यालय दाङका निमित्त प्रमुख एसएसपी नरबहादुर केसीले पुष्टि गरे । 

‘कोरोना विशेष अस्पतालमा भर्ना भएको विरामीको मृत्यु भएको हो’ एसएसपी केसीले अन्ननपूर्ण पोस्ट्सगँ भने, ‘तर, उनको के कारणले मृत्यु भएको त्यो अझै खुलेको छैन ।’ 
उनमा कोरोना संक्रमणको परीक्षणको लागि आइतबारमात्रै स्वाब संकलन गरेर काठमाडौं पठाइएको उनको भनाइ छ । ‘त्यसको रिपोर्ट आउत कम्तिमा दुई दिनसम्म लाग्छ’, उनले भने, ‘त्यसपछि केही थाहा हुन्छ ।’ 

एसएसपी केसीका अनुसार चैत ७ गतेको दुबईबाट विमानमा आएका थापा ८ गते नेपाल पुगेका थिए । त्यसपछि उनी काठमाडौंबाट हायस गाडीमा चढेर बुटवल आएको बताइएको छ । उनमा कोरोनाको लक्ष्ण देखिएपछि चैत १३ गते बिहान अस्पतालमा भर्ना गरिएको थियो । 

पाल्पा जिल्लाको रिद्दीकोट गाउँपालिका कुश्मखोलाका स्थायी बासिन्दा थापा सैनामैना नगरपालिकामा डेरा लिएर श्रीमती र दुई छोरासहित बस्दै आएका थिए । 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.