समुदायमा संक्रमण रोक्न नेपालगन्जमा तीन दिन कर्फ्यू
नेपालगन्ज : नेपालगन्जमा कोरोना भाइरस संक्रमितको संख्या ह्वात्तै बढेको देखिएपछि तीन दिनका लागि कर्फ्यू जारी गरिएको छ ।
मंगलबार बिहानदेखि तीन दिनसम्मका लागि बाँके जिल्लाको नेपालगन्जमा कर्फ्यू जारी गरिएको हो । नेपालगन्जमा मात्रै आइतबार एकै दिन एकै चोटि १५ जना संक्रमित भेटिएका थिए । संक्रमणलाई रोक्न सरकारले यहाँ परीक्षणलाई पनि तीव्र बनाउने जनाएको छ ।
सोमबार जिल्ला सुरक्षा समिति र सरोकारवालाहरुको बैठकपछि निषेधाज्ञा जारी गरिएको हो । नेपालगन्जमा यसअघि तरकारी मण्डी लगायत पसलहरु फाट्टफुट्ट खुल्ने गरेका थिए । सोमबार भने स्थानीय सरकारले स्थानीयलाई निषेधाज्ञा पालना गर्न अपील गर्दै लिखित सूचना पनि जारी गरिसकेको छ ।
नेपालगन्जमा आइतबार आठ पुरुष र सात महिलामा कोरोना संक्रमण देखिएको हो । यससँगै नेपालमा पनि समुदाय स्तरमा कोरोना संक्रमण विस्तार भएको विज्ञहरुले बताउन थालेका छन् । यसअघि विदेशबाट आएकाहरुमा मात्रै संक्रमण देखिएकाले समुदाय स्तरमा संक्रमण नफैलिएको बताइएको थियो ।
जिल्ला प्रशासन कार्यालय बाँकेले जारी गरेको सूचना :

प्रतिक्रिया दिनुहोस !