कोरोनालाई जितेका तीन जनाको रिपोर्ट पोजिटिभ देखिएपछि अस्पताल भर्ना

कोरोनालाई जितेका तीन जनाको रिपोर्ट पोजिटिभ देखिएपछि अस्पताल भर्ना

काठमाडौं : कोरोना भाइरस (कोभिड–१९) को उपचारपछि घर फर्किएका तीन जनाको रिपोर्ट फेरि पोजिटिभ देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार काठमाडौंमा उपचार गराएका एक र वीरगञ्जमा उपचार गराएका दुई जनाको स्वाब परीक्षणको रिपोर्ट फेरि पोजिटिभ देखिएपछि उनीहरुलाई पुनःअस्पताल भर्ना गरिएको हो । 

यसरी अस्पताल भर्ना हुनेमा वैशाख ११ गते शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल, टेकुबाट डिस्चार्ज भएका ५८ वर्षीय पुरुष र वैशाख १४ गते वीरगञ्जको नारायणी अस्पतालबाट डिस्चार्ज भएका रौतहटका १९ र पर्साका ४४ वर्षीय पुरुष छन् । उनीहरुको विषयमा अध्ययन भइरहेको प्रवक्ता देवकोटाको भनाइ छ । 

नेपालमा पहिलो पटक दुई महिनाको शिशुमासमेत कोरोना संक्रमण देखिएको छ। मन्त्रालयका प्रवक्ता देवकोटाका अनुसार बुधबार पर्साका दुई महिनादेखि ६६ वर्षसम्मका गरेर १७ जनामा कोरोना पोजिटिभ देखिएको हो। जसमध्ये सात महिला र १० पुरुष छन्। यो सँगै  संक्रमितको संख्या ९९ पुगेको छ । २२ जना भने निको भएका छन् ।

प्रवक्ता देवकोटाका अनुसार अहिलेसम्म पीसीआर विधिबाट १४ हजार ९६ नमुना परीक्षण भएका छन् भने आरडीटी विधिबाट ५२ हजार ९ सय ७० जनामा कोरोना परीक्षण भएको छ ।  प्रवक्ता देवकोटाका अनुसार पछिल्लो २४ घण्टामा ९ सय ९१ नमुना परीक्षण भएका छन् । अहिलेसम्म क्वारेन्टाइन १९ हजार सात सय ३४ जनाको उपचार भइराखेको छ । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.