भारतको जिकिर : लिपुलेकको सडक भारतीय भूमिमै बनाइएको हो

भारतको जिकिर : लिपुलेकको सडक भारतीय भूमिमै बनाइएको हो

काठमाडौं : नेपाल सरकारले लिपुलेकमा भारतीय गतिविधिप्रति असन्तुष्टि जनाउँदै विज्ञप्ति निकालेको केही घण्टामै भारत सरकारले जवाफी प्रतिक्रिया दिएको छ ।

भारतले शनिबार नै लिपुलेकमा बनाएको सडक भारतीय भूमिमै रहेको जवाफ फर्काएको छ । भारतको विदेश मन्त्रालयले विज्ञप्ति जारी गर्दै धार्चुला लिपुलेक सडक भारतीय भूमिमै बनाइएको दावी गरेको हो ।

भारतका रक्षामन्त्री राजनाथ सिंहले शुक्रबार भारतको जिल्ला धार्चुलादेखि नेपाली भूमि लिपुलेक हुँदै तिब्बत जोड्ने सडकको उद्घाटन गरेका थिए । त्यसको विरोधमा काठमाडौँमा शनिबार विरोध प्रदर्शन समेत भयो ।

यस्तैमा शनिबार दिउँसो परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै भारतलाई आफ्नो भूमिमा यस्ता गतिविधि रोक्न आग्रह गरेको थियो । भारतको विदेश मन्त्रालयले नेपालको तर्फबाट आएको विज्ञप्ति जानकारीमा भएको भन्दै प्रतिउत्तर स्वरुप उक्त सडक भारतको भूमिमा नै बनेको दावी गरेको हो ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.