मेडिकल शिक्षाका लागि बंगलादेश गएका ७०० विद्यार्थी अलपत्र

मेडिकल शिक्षाका लागि बंगलादेश गएका ७०० विद्यार्थी अलपत्र

काठमाडौं : मेडिकल शिक्षा अध्ययनका लागि बंगलादेश पुगेका करिब ७ सय नेपाली उतै अलपत्र परेका छन्। एमडी र एमबीबीएस अध्ययन गर्न गएका विद्यार्थी रोकिएपछि अभिभावकले राष्ट्रिय मानवअधिकार आयोग गुहारेका छन्।

नेपाली विद्यार्थीका अभिभावकको उजुरीका आधारमा आयोगले परराष्ट्र मन्त्रालयलाई परिपत्र गर्दै विद्यार्थीको स्थिति माग गरेको छ। त्यहाँ फसेका विद्यार्थीलाई तत्काल स्वदेश फिर्ता प्रक्रिया थाल्नसमेत आयोगले भनेको छ। अन्य मुलुकका विद्यार्थीलाई सम्बन्धित मुलुकले फिर्ता लगे पनि नेपाल सरकारले चासो नदेखाएको भन्दै विद्यार्थीका अभिभावक आयोग पुगेका थिए।

कोरोना संक्रमितको संख्या बढ्दै गएपछि बंगलादेशका प्रधानमन्त्री शेख हसिना वाजेदले कोरोना रोकथाम र उपचारका लागि अस्पताल निर्माण एवं विस्तार गर्ने बताउँदै सबै विद्यार्थीलाई चाँडै आफ्नो मुलुक फर्कन भनेको जनाउसमेत पीडितले आयोगलाई दिएका छन्। त्यसपछि अभिभावक र विद्यार्थी झन् दबाबमा परेका छन्। अरू मुलुकका विद्यार्थी फर्किसक्दा पनि नेपालीको उद्धारमा चासो नदिएपछि अभिभावकले मानवअधिकारको प्रश्न उठाउँदै आयोग गुहारेका हुन्।

बंगलादेशमा कोरोना पीडितको संख्या मंगलबारसम्म १६ हजार ६ सय ६० पुगेको छ। मृतकको संख्या २ सय ५० पुगेको छ। ‘अभिभावकले विद्यार्थी फिर्ता गर्न लाग्ने खर्च र क्वारेन्टाइनमा लाग्ने खर्च पनि व्यहोर्न तयार रहेको बताएका छन्’ आयोग सदस्य गोविन्द पौडेलले भने, ‘नेपाल सरकारले खटाएको जुनसुकै ठाउँमा सेवा गर्न जानसमेत मञ्जुरी गरेका छन्।’ बंगलादेशमा रोकिएका विद्यार्थीमध्ये धेरैजसो एमबीबीएस र एमडी पढ्दै गरेका तथा एमडी सकेर बसेका छन्। अस्पताल विस्तारका लागि होस्टल पनि खाली गराइने भएपछि विद्यार्थी थप मारमा परेका हुन्।

आयोगले विद्यार्थीको विषयमा परराष्ट्रबाट जानकारी माग गरे पनि मंगलबारसम्म कुनै विवरणमा आयोगमा नपुगेको पौडेलले बताए।

यता, नेपाल र भारतको सीमा चाँदनी, दोधारालगायत स्थानमा झण्डै ३ हजार नागरिक अलपत्र परेको भन्दै आयोगले उद्धारका लागि मंगलबारै सरकारको ध्यानाकर्षण गराएको छ। उनीहरूलाई उद्धारपश्चात् क्‍वारेन्टाइनमा राख्‍न भनिएको छ। आयोगका तर्फबाट सचिव वेद भट्टराईले विज्ञप्ति जारी गर्दै अलपत्र नागरिकलाई ल्याएर क्‍वारेन्टाइन तथा आइसोलेसनमा राख्न र उनीहरूको स्वास्थ्य परीक्षण गराउन सरकारको ध्यानाकर्षण गराइएको छ।

भारतमा रोजगारीका लागि गएका नेपाली नागरिकसमेत लकडाउनपश्चात् स्वदेश फर्किने क्रममा अलपत्र परेको पाइएको आयोगले जनाएको छ। नेपाल भारत सीमामा ३ हजारभन्दा बढी नेपाली अलपत्र परेका आयोगको ठहर छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.