भारतीय अतिक्रमणविरुद्धको प्रदर्शनमा प्रहरी हस्तक्षेप
दमौली : भारतले सीमा मिचेको विरोधमा प्रदर्शनमा उत्रिएका राष्ट्रिय जनमोर्चा तनहुँका कार्यकर्ताको कार्यक्रममा प्रहरीले हस्तक्षेप गरेको छ । भारतले सीमा मिचेर सडक बनाएको र हस्क्षेप गरेको भन्दै पार्टीका कार्यकर्ताले झण्डासहित दमौली मुख्य चोकमा प्रदर्शन गरेका थिए ।
व्यास ३ बाट र्यालीसहित निस्केका कार्यकर्ताले ट्राफिक चोकमा सभा गर्न लागेपछि प्रहरीबीच केहीबेर धकेलाधकेल भएको थियो । त्यसक्रममा प्रहरीले ब्यानर र माइक खोसेको थियो ।
पार्टीका जिल्ला अध्यक्ष पुष्पलाल श्रेष्ठले प्रशासनसँग अनुमति लिएर प्रदर्शन गरे पनि हस्तक्षेप भएको दाबी गरे । प्रहरीले आफूहरुको माइक तोडफोड गरेको उनले आरोप लगाए । आफूहरु लकडाउनमा सामाजिक दूरीसहित प्रदर्शनमा उत्रिएको उनको दावी छ।
भारतले नेपाली भूमि कालापानी, लिपुलेक हुँदै चीनको तिब्बतस्थित धार्मिकस्थल मानसरोवर जाने सडकमार्ग खोलेपछि त्यसको सर्वत्र विरोध भइरहेको छ।
प्रतिक्रिया दिनुहोस !