आगामी आर्थिक वर्षको सुरुमै उपत्यकामा मेलम्चीको पानी वितरण
काठमाडौं : सरकारले आगामी आर्थिक वर्षको सुरुमै काठमाडौं उपत्यकामा मेलम्चीको पानी वितरण गर्ने घोषणा गरेको छ। बिहीबार संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०७७/७८ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री युवराज खतिवडाले यस्तो घोषणा गरेका हुन्।
मेलम्ची खानेपानी आयोजनाको आधारभूत काम यही वर्षको अन्त्यमा पूरा गरेर आगामी वर्षको सुरुमा उपत्यकामा पानी वितरण गरिने उनको भनाइ छ। यसको दोस्रो चरणको काम सम्पन्न गर्न सरकारले पाँच अर्ब ४६ करोड रकम विनियोजन गरेको छ।
सँगै सरकारले आगामी दुई वर्षमा सबै नागरिकमा आधारभूत खानेपानीको पहुँच पुर्याउने घोषणा गरेको छ। आधारभूत स्तरको खानेपानी सुविधा ९४ प्रतिशत नागरिकमा पुर्याउने सरकारको लक्ष्य रहेको छ।
सँगै सरकारले उपत्यकाको ढल व्यवस्थापन गर्न पाँच अर्ब ८९ करोड रकम विनियोजन गरेको छ। सरकारले खानेपानी मन्त्रालयका लागि ४३ अर्ब १० करोड बजेट विनियोजन गरिएको छ।
प्रतिक्रिया दिनुहोस !