ललितपुरका पाँच स्थानमा आकाशेपुल बनाउन अध्ययन

ललितपुरका पाँच स्थानमा आकाशेपुल बनाउन अध्ययन

काठमाडौं : ललितपुर महानगरपालिकाका पाँच स्थानमा आकाशेपुल निर्माणका लागि सम्भाव्यता अध्ययनको मस्यौदामाथि छलफल सुरु भएको छ ।  ग्रीड इन्डिको मटेरियल टेस्ट जेभीले सो निर्माणका लागि अध्ययन गर्ने भएको हो । 

ग्वार्को, सातदोबाटो, चापागाउँ दोबाटो, एकान्तकुना र पुल्चोकदेखि कुपण्डोल बागमती पुल जाने स्थानमा फ्लाइओभर निर्माण गरिने योजना अघि बढाइएको महानगरपालिका प्रमुख चिरीबाबु महर्जनले बताए । 

‘हामीले चक्रपथका चार ठाउँ र बागमती पुलसम्म फ्लाइओभर निर्माण सम्भाव्यता अध्ययनको जिम्मा ग्रीड जेभीलाई दिएका छौँ’, मेयर महर्जनले भने, ‘महानगरपालिकाभित्र  फ्लाइओभर निर्माण हुनु एक गौरवको कुरा हो ।’

अध्ययनकर्ताबाट सम्भाव्यता अध्ययनको अन्तिम प्रतिवेदन आएपछि सडक विभागसँग छलफल गरेर छिट्टै काम अघि बढाइनेछ ।  

आकाशेपुल निर्माणले सडक दुर्घटना न्यूनीकरण र भद्रगोल ट्राफिक व्यवस्थापन गर्न सहज  हुने महानगरपालिकाका प्रवक्ता राजु महर्जनले बताए। 

‘महानगरपालिकाले फ्लाइओभर गाइडलाइनसमेत तयार पारेको छ’, उनले भने, ‘यो गाइडलाइन नेपालमा बनेको पहिलो गाइडलाइन हो ।' रासस


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.