नेकपाको विवाद मिलाउन वामदेवको ६ बुँदे प्रस्ताव

नेकपाको विवाद मिलाउन वामदेवको ६ बुँदे प्रस्ताव

काठमाडौं : पार्टीभित्र देखिएको विवाद समाधानका लागि भन्दै नेकपा उपाध्यक्ष वामदेव गौतमले ६  बुँदे प्रस्ताव अगाडि सारेका छन्।  सार्वजनिक भएको एक पत्रमा गौतमले ओलीलाई एकता महाधिवेशनको अध्यक्ष र प्रचण्डलाई सम्पूर्ण कार्यकारी अधिकारसहितको अध्यक्ष बनाउने प्रस्ताव गरेका छन्। गौतमको प्रस्तावमा ओलीलाई प्रधानमन्त्री पदमा यथावत राख्ने भनिएको छ ।

मंगलबार उपाध्यक्ष गौतमले सार्वजनिक गरेको बिहानै दुई अध्यक्षलाई बुझाइएको छ।  प्रस्तावमा पार्टीको एकता महाधिवेशन सहमतिमा आयोजना गर्ने, प्रधानमन्त्रीका दैनिक काममा पार्टीले हस्तक्षेप नगर्ने  तर सरकारले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महत्वका विषयमा निर्णय गर्नुपूर्व पार्टीको सचिवालयमा परामर्श गर्ने कुरा उल्लेख गरिएको छ।

त्यसैगरी संसदमा नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्नुपूर्व सचिवालयको परामर्श लिने। अबदेखि पार्टीका बैठक पार्टी कार्यालयमा आयोजाना गर्ने लगायतका प्रस्ताव पनि गौतमले अघि सारेका छन्।  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.