उपत्यकामा कोरोना जोखिम बढ्यो, २४ घन्टामै थपिए ३८ संक्रमित

उपत्यकामा कोरोना जोखिम बढ्यो, २४ घन्टामै थपिए ३८ संक्रमित

काठमाडौं : काठमाडौं उपत्यकामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण दर बढ्दै गएको मन्त्रालले जनाएको छ।  समुदायमा बढी घुलमिल भएर बस्ने समूहमा कोरोना संक्रमण बढ्दै गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिए।

पछिल्लो २४ घन्टाको अवधिमा उपत्यकामा थप ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ३८ जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ।

काठमाडौंका ३२,ललितपुरका ५ र भक्तपुरका १ जना गरी ३८ जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयले पुष्टि गरेको हो।  बिहीबार मात्र  काठमाडौंका ४१, भक्तपुरका २ र ललितपुरका २ जना गरी ४५ जनामा कोरोनासंक्रमण देखिएको थियो। 

शुक्रबार थप २२४ जनामा कोरोना भाइरस (कोभिड -१९) संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार नयाँसहित कूल संक्रमितको संख्या १९ हजार ७७१ पुगेको हो ।बुधबार २१० र बिहीबार २७४ जनामा कोरोना संक्रमण देखिएको थियो।

शुक्रबारसम्म कोरोनाका सक्रिय बिरामीको संख्या ५ हजार ३ सय १६ पुगेको छ। जसमध्ये प्रदेश १ मा २ सय २२ जना, प्रदेश २ मा २ हजार ३४ जना , बागमती प्रदेशमा ५सय ७२ जना, गण्डकी प्रदेशमा ३ सय २४ जना, प्रदेश ५ मा ३सय ८५ जना, कर्णाली प्रदेशमा २ सय ९६ जना र सुदूरपश्चिम प्रदेशमा १ हजार ४ सय ८३ जना रहेका छन्।

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १५१ जनाले कोरोना जितेर घर फर्किएका छन्। योसहित कोरोना जित्नेको कुल १४ हजार ३ सय ९९
पुगेको छ।

मन्त्रालयका प्रवक्ता डा. गौतमकाअनुसार पछिल्लो २४ घण्टामा १० हजार ७ सय ११ जनाको पीसीआर नमुना परीक्षण भएका छन् ।क्वारेन्टाइनमा रहनेको संख्या १२ जहार १ सय ११ पुगेको छ। यस्तै मन्त्रालयका अनुसार आइसोलेसनमा  जनाको उपचार भइराखेको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.