एकै दिन चारको मृत्यु : कोरोनाले ज्यान गुमाउनेको संख्या ५६ पुग्यो

एकै दिन चारको मृत्यु : कोरोनाले ज्यान गुमाउनेको संख्या ५६ पुग्यो

काठमाडौं : नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट मृत्यु हुनेको संख्या ५६ पुगेको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार शुक्रबार थप चार जनाको कोरोनाले मृत्यु पुष्टि भएको हो । यसअघि कोरोनाकै कारण ५२ जनाको मृत्यु भएको थियो । 

मन्त्रालयका अनुसार शुक्रबार मृत्यु पुष्टि हुने चारैजना पर्साका हुन् । प्रवक्ता गौतमका अनुसार पर्साको वीरगन्ज महानगरपालिका ११ श्रीपुर बस्ने ५६ वर्षीय पुरुष, वीरगन्ज १६ कै ३५ वर्षीय पुरुष, वीरगन्ज-२ कै ६५ वर्षीय पुरुष र वीरगन्ज-११ स्थायी घर भएर ललितपुर थसिखेल बस्ने ६५ वर्षीया महिलाको निधन भएको हो।

वीरगन्ज महानगरपालिका ११ श्रीपुर बस्ने ५६ वर्षीय पुरुषको  साउन १५ गते कोरोनाकै कारण मृत्यु भएको हो । मुटुको रोगी उनमा साउन ६ गते कोरोना पुष्टि भएको थियो । उनलाई साउन ७ गते गण्डक अस्थायी कोरोना अस्पताल भर्ना गरिएको थियो । उनको गण्डक अस्पतालमा बिहीबार राति ११ बजे मृत्यु भएको हो । उनको मृत्यु हुँदा अक्सिजनको मात्रा कमी हुँदै गएको थियो । 

त्यसैगरी वीरगन्ज महानगरपालिका–१६ कै ३५ वर्षीय पुरुषको बिहीबार कोरोनाले मृत्यु भएको छ । उनको साउन १५ गते साँझ ७ः४० मा गण्डक अस्थायी कोभिड अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको हो । 

उनी निजी क्लिनिक हुँदै साउन ५ गते तराई अस्पताल भर्ना भएका थिए । उच्च ज्वारो र स्वासप्रश्वासमा समस्या भएपछि साउन १३ गते उनी गण्डक अस्पतालमा भर्ना भएका थिए । उनमा बिहीबार मात्र कोरोना पुष्टि भएको थियो ।

सँगै वीरगन्ज महानगरपालि–२ छपकैया निवासी अर्का एक  ६५ वर्षीय पुरुषको साउन १५ गते कोरोनाले मृत्यु भएको छ । उनको भने मृत्युपछि कोरोना पुष्टि भएको हो । 

शुक्रबार बिहान ललितपुरको पाटन अस्पतालमा एक महिलाको कोरोनाकै कारण मृत्यु भएको छ । वीरगन्ज महानगरपालिका–११ स्थायी घर भएर ललितपुर महानगरपालिका–५ थसिखेल बस्ने ति महिला साउन ६ गते ज्वरो, खोकी र स्वासप्रश्वसामा समस्या आएपछि स्टार अस्पतालमा भर्ना भएकी थिइन् । उनमा कोरोना संक्रमण पुष्टि भएपछि पाटन रेफर गरिएको थियो । 

पछिल्लो २४ घण्टामा नेपालमा २२४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता गौतमका अनुसार कुल संक्रमितको संख्या १९ हजार ७७१ पुगेको छ । संक्रिय संक्रमितको संख्या पाँच हजार तीन सय १६ छ ।

बिहीबार २७४, बुधबार २१०, मंगलबार ३५३, सोमबार १३९ जनामा कोरोना संक्रमण देखिएको थियो। मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १५१ डिस्चार्ज भएका छन् । कुल डिस्चार्ज हुनेको संख्या भने १४ हजार तीन सय ९९ पुगेको छ । डिस्चार्ज प्रतिशत ७२ दशमलव ८ भएको प्रवक्ता गौतमले जानकारी दिए । अहिले क्वारेन्टाइनमा १२ हजार एक सय ११ जना छन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.